
पोखरा स्पोर्टस । पोखरामा गण्डकी प्रदेशस्तरीय वाइ वाई यू–१९ पुरुष क्रिकेट छनौट प्रतियोगिता हुने भएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा हुने उक्त प्रतियोगिता भदौ ७ गते १३ गते सम्म सञ्चालन हुने भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका ६ टिमको सहभागिता रहने प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।
छनौट प्रतियोगितामा कास्की, स्याङजा, पर्वत, बागलुङ, तनहुँ र नवलपुरको सहभागिता हुनेछ ।
एक दिवशिय फर्मेटमा भदौ ९ गते सुरु हुने समुह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समुह ‘बि’मा नवलपुर, स्याङजा र बाग्लुङ रहेका छन् । सोमबारबाट सुरु हुने पहिलो खेलमा कास्की र पर्वत भिड्नेछन् ।
प्रतियोगितामा बिजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट केन्द्रमा सञ्चालन हुने यू–१९ गण्डकीको टिम घोषणा गरिने आयोजकले जनाएको छ ।

