एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

पोखरा स्पोर्टस । काठमाण्डौमा हुने एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल एथलेटिक्स संघले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रम अनुसार यहि फागुन २३ गते उक्त प्रतियोगिता गोकर्ण गल्फ रिसोर्टमा हुने भएको छ ।

उक्त प्रतियोगितामा नेपाल सहित ११ देशका खेलाडीहरु काठमाण्डौ आइपुगेको नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले जानकारी दिएका छन् । च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड गरि ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालका सबै भन्दा बढी १९ खेलाडीको सहभागिता रहनेछ । छनोट प्रतियोगिताबाट छानिएका १९ खेलाडीलाई संघले बन्द प्रशिक्षणमा रहेका छन् ।

च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट सिनियर महिलामा ४ र बाँकी सबै इभेन्ट्समा समान ५ खेलाडीले च्याम्पियनसिपमा भाग लिने भएका छन् ।

उक्त च्याम्पियनसिप नेपालमा २२ वर्षपछि आयोजना हुने भएको हो । “संघलाई यो च्याम्पियनसिप आयोजना गर्ने मौका दिएकोमा एसियन एथलेटिक्स एसोसिएसन तथा अध्यक्ष जेनेरल दालान अहमदलाई धन्यवाद दिन चाहन्छौं,” अध्यक्ष शाहले भनेका छन् । प्रतियोगिताका लागि अध्यक्ष दालानसहित च्याम्पियनसिप सञ्चालनका लागि अन्य प्राविधिकहरु समेत काठमाण्डौ आइपुगेको संघले जनाएको छ ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, सुदूरपश्चिम खेलकुद विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहेको छ संघले जनाएको छ ।

त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close