इङल्याण्डविरुद्ध भारत ४७१ रनमा अलआउट, जैसवाल, गिल र पन्तको शतक

पोखरा स्पोर्टस ।  भारतले इङल्याण्डविरुद्धको टेस्टको पहिलो इनिंगमा ४७१ रन बनाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारत ४७१ रन बनाएर अल आउट भएको हो । 

भारतका लागि कप्तान शुभमन गिलले १४७ रन बनाए भने ऋषव पन्तले १३४ र यशस्वी जैसवालले १०२ रन बनाएका थिए ।

त्यस्तै केएल राहुलले ४२ रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले ११ रन,  बनाए भने साइ सुदर्सन, करुण नायर र जसप्रित बुमराह शुन्यमा आउट भएका थिए । 

त्यस्तै इङल्याण्डका बलर जोस टंग र बेन स्टोक्सले ४-४ विकेट लिए भने ब्राइडन कार्स र शोयब बशीरले एक एक विकेट लिएका थिए ।

अब इङल्याण्डले आफ्नो पहिलो इनिंग शुरु गर्नुमा बर्षाले खेल रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close