राफ्टिङ र कायाकको राष्ट्रिय प्रतियोगिता शुरु

पोखरा स्पोर्टस । .नेपाल राफ्टिङ तथा कनोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सुकुटेविचमा सातौं राष्ट्रिय राफ्टिङ तथा ११ औं राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिप शुरु भएको छ।

सुनकोशी नदिमा तीनदिन सम्म चल्ने प्रतियोगिता राफ्टिङतर्फ १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाइरहेका छन्।

प्रतियोगिताको पहिलो दिन कायाक तर्फ गणेश गुरुङले दुई राउण्डको खेलपछि अग्रता लिएका छन्। त्यस्तै बिक्रम गुरुङ दोस्रो, रञ्जन कंडेल तेस्रो,सुरज गुरुङ चौथो तथा सुजन गुरुङ पाचौं स्थानमा छन्।

प्रतियोगिताको सोमबार एक समारोहविच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पुर्व पर्यटन, उद्योग तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्य भण्डारीले आगामी दिनहरुमा प्रतियोगिताको बजेट बृद्धि गर्ने बताउनुभयो।

त्यस्तै एसियाली राफ्टिङ तथा कनोइङ महासंघका अध्यक्ष शौतक सिकन्डले प्रतियोगितामा शीर्ष स्थानमा रहने महिला र पुरुषका दुई टोलीलाई आगामी सेप्टेम्वरमा भारतको मनिलामा हुने एसियन च्याम्पियनसिपमा छनोट हुने बताउनुभयो। यी खेलाडीहरुको सम्पुर्ण खर्च एसियाली महासंघले ब्यहोर्ने पनि उहाँले बताउनुभयो।

नेपाल राफ्टिङ तथा कनोइङ संघका कार्यबाहक अध्यक्ष राजीव श्रेष्ठले हरेक इभेन्टसमा पहिलो दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीहरुले १५ हजार,१० हजार र ५ हजार पुरस्कार प्रदान गरिने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close