पोखरा महानगर तेक्वान्दो संघको अध्यक्षमा ‘हर्क गुरुङ’

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका खेलकुद विकास समिति अन्तर्गत गठित पोखरा महागर तेक्वान्दो संघको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले हर्क बहादुर गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा धर्मराज शाह ठकुरी, द्वितिय उपाध्यक्षमा महेश्वर अधिकारी, सचिवमा निरोज बहादुर नेपाली, कोषाध्यक्षमा रुद्र बहादुर गुरुङ ‘जुगु’ सर्वसम्मत निर्वाचित भए ।

त्यसै गरी कार्यसमिति सदस्यमा मिना गुरुङ, अस्मित लो लामा, दिपक कुंवर, आविश्कार बस्ताकोटी र कृष्ण भण्डारी चयन भएको संघले जनाएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षका लागि हुने जनाइएको छ ।

निर्वाचित कार्यसमितिले पोखरा महानगर तेक्वान्दो संघको सल्लाहकारमा ओलम्पियन नारायण बहादुर गुरुङ, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ, कास्की तेक्वान्दोका अध्यक्ष कुमार गुरुङ, प्रशिक्षकद्वय बलराम लामा र सन बहादुर लामालाई मनोनयन गरेको छ ।

यस अघि उक्त साधारण सभा तथा अधिवेशनको एक कार्यक्रमका बिच गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close