बलराम स्मृती कास्की फुटबल लिग बुधबार बाट, कुन क्लब कुन ग्रुपमा ?

पोखरा, १५ साउन । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की)को आयोजनामा स्व. बलराम केसी स्मृती कास्की जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ बुधबार बाट पोखरामा सुरु हुने भएको छ ।

उक्त फुटबल लिगमा कास्कीका २२ वटा क्लबहरुको सहभागिता रहने संघका महासचिब रमेश कार्कीले जानकारी दिएका छन । सहभागि क्लब मध्ये पोखरा १० को यूनाइटेड कलब एन्फामा नयाँ क्लबका रुपमा दर्ता हुँदै पहिलो पटक लिग खेल्दैछ ।

प्रतियोगितामा गु्रप ‘ए’ मा ड्यामसाइड, नयाँ गाँउ, गार्डेन, सहारा, नव आदर्श र पोखरा युनाइटेड परेका छन । त्यसै गरि गु्रप ‘बि’ मा विष्णु पादुका, भदौरे, एल जी, शितल ज्योती, एबिसी र रामघाट रहेका छन ।

ग्रुप ‘सि’ मा संंगम, एपेक्स, ए वाई सी, डेभिडफल र लेकसाइड यूवा क्लबरहेका छन भने ग्रुप ‘डि’ मा ए वाई सी बि १३, भ्याली स्पोर्टस, इन्द्रेणी, हेमजा युनाइटेड र फुलबारी यूथ क्लब रहेका छन ।

एन्फा कास्कीका उपाध्यक्ष विश्व तञ्डुकारका अनुसार सहभागी सबै क्लबहरु कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका केही नयाँ क्लब हरु छन भने केहीले क्लब नविकरण गरेर नै सहभागिता जनाएका छन । ‘जिल्ला प्रशासानमा दर्ता नभएका कुनै क्लबले सहभागिता जनाउन नपाउने नियम भएकाले हामीले दर्ता नभएका क्लबलाई सहभागी गराएका छैनौ’ उनले दाबी गरे ।

ग्रुप ‘ए’ मा रहेको ड्यामसाइड यूवा क्लब पोखरा १७ को हो भने नयाँ गाउँ फुटबल क्लब पोखरा १५, गार्डेन क्लब फुलबारी, सहारा क्लब पोखरा ९ बसपार्क, नव आदर्श पोखरा १६ दिप र पोखरा यूनाइटेड पोखरा १० अम्बर सिंह चोकको क्लब हो ।

त्यसै गरि  ग्रुप ‘बि’ मा रहेको विष्णु पादुका हेमजा, भदौरे यूथ क्लब, भदौरे, एलजी क्लब लालिगुरास टोल पोखरा, शितल ज्योती क्लब पोखरा १२, एविसि क्लब अम्बर सिंह पोखरा, रामघाट क्लब पोखरा १० रहेको छ । ग्रुप ‘सि’ मा रहेको संगम यूवा क्लब पोखरा १३, एपेक्स यूथ क्लब ढिकुर पोखरी, एवाईसी भण्डारढिक, डेभिडफल पोखरा १७, लेकसाइड यूवा क्लब पोखरा ६ मा रहेको छ ।

सहभागी क्लब मध्ये ग्रुप ‘डि’मा रहेको एवाइसी वि १३ यूथ कलब भण्डाढिक, भ्याली स्पोर्टस रामबजार, इन्देणी यूवा क्लब पोखरा १, हेमजा यूनाइटेड, हेमजा, फुलबारी यूथ क्लब पोखरा फुलबारी रहेको एन्फा कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close