राष्ट्रिय र्‍याफ्टिङ्ग क्यानोईङ्ग प्रतियोगीता मंगलबारबाट

पोखरा स्पोर्टस । नेपाल र्‍याफ्टिङ्ग क्यानोईङ्ग¨ संघले वार्षिक कार्यक्रम अनुसार यही फागुण ९ गते देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोशी नदीमा ११औं राष्ट्रिय कायक स्लालम प्रतियोगीता तथा ७औं राष्ट्रिय र्‍याफ्टिङ्ग प्रतियोगीताको आयोजना गर्ने भएकोछ । संघका महासचिव सुदिप राज गौतमका अनुसार ३ दिन सम्म संचालन हुने उक्त प्रतियोगीतामा विभागीय टिमहरु जनपद प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी का टिमका साथै देशका विभीन्न र्‍याफ्टिङ्ग कम्पनीहरु तथा क्लब का खेलाडी गरि १५ टिम सहभागी हुनेछन् ।

वल्र्ड र्‍याफ्टिङ्ग फेडेरेशन एशियाका अध्यक्षको उपस्थिती मा हुने उक्त प्रतियोगीता तीन दिनसम्म संचालन हुनेछ । प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तीगत खेल हो भने र्‍याफ्टिङ्ग खेल समुहगत खेल हो । र्‍याफ्टिङ्ग खेलमा चार विधाका खेल खेलाईनृछ, जसमा स्प्रिन्ट, स्लालम, हेड टु हेड र डाउन रिभर रेसका चार इभेन्टहरु संचालन गरिनेछ । जसमा महिला/पुरुष टिम बिच प्रतिस्पर्धा हुनेछ । सात खेलाडीको टिम रहने र्‍याफ्टिङ्ग खेलमा विजयी लाई पदक प्रमाण पत्र तथा नगद उपहार प्रदान गरिनेछ । बाग्मती प्रदेश खेलकुद विकास परिषद को आर्थीक सहयोगमा आयोजना हुने उक्त प्रतियोगीतामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पीक कमीटी, माउन्टेन स्पोर्टस फेडेरेशन, हिमालयन रीभर गाईड एशोसियशन तथा नेपाल एशोसियशन अफ र्‍याफ्टिङ्ग एजेन्सीज को सहयोग रहनेछ । संघका अनुसार यही मंगलबार देखी शुरु हुने खेलका लागी नदिमा अब्स्ट्रयाकल गेट को सर्वैक्षण, सुरक्षा तथा सम्पूर्ण प्रावीधीक कार्य का साथै प्रतियोगीताको तयारी पूर्ण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close