गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगितामा पुरुष तर्फ बागलुङका घर्तिमगर र महिला तर्फ कास्कीकी आले मगरलाई उपाधि

पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिष्प्रर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दीनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनको खेलमा ६—० को अंकले बागलुङकै खड्ग बहादुर घर्तीमगर लाई पराजित गरी जित हासिल गरेका हुन् ।

कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीमा सुमन गुरुङले ६—४ को अंकमा कास्कीकै अशिम शेरचनलाई पछि पार्दै तेश्रो भए ।

त्यसै गरी रिकर्ब खुल्ला महिला तर्फको प्रतिष्प्रर्धामा कास्कीले जित हासिल गरेको छ । शनिबारको खेलमा कास्कीकी केशरी माया आले मगरले कास्कीकै अनुस्का शेरचनलाई ७—३ को अंकमा पराजित गर्दै उपाधि जितिन । कास्कीकी रोजीना थापाले कास्कीकै बिष्णु माया लिम्बुलाई ६—४ को अंकले पराजित गर्दै तेश्रो भइन्।

त्यसै गरी पुरुष स्टाण्डर्ट तर्फको विधामा बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६—२ को अंकमा पराजित गरी उपाधि जिते । बागलुङका मुकेश रोका मगरले रेशम पुर्जा पुनलाई ७—५ को अंकमा पराजित गरी तेश्रो भए । प्रतियोगितामा रिकर्ब ओपन पुरुष तर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुनेलाई १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यबस्था गरिएको थियो । रिकर्ब ओपन महिला तर्फ विजेतालाई भने १५ हजार, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार प्रदान गरिएको थियो । स्टाण्डर्ट पुरुष तर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार प्रदान गरिएको छ । उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार भएको भेट्रान्स तर्फको विधामा म्याग्दीका जय प्रकाश छन्त्याल प्रथम भए ।

विजयी खेलाडीहरुलाई संघका केन्द्रिय अध्यक्ष दीपकराज गुरुङ, संस्थापक अध्यक्ष हरिध्वोज तुलाचन, अन्नपुर्ण आर्चरी क्लब कास्कीका पुर्ब अध्यक्ष मिन बहादुर शेरचन, पूर्व अध्यक्ष वसन्त थकाली प्रमुख अतिथी लगायतले पुरस्कार वितरण गरेका थिए । कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, म्याग्दी बागलुङ र कास्कीबाट करिब ८९ जना खेलाडीहरुको सहभागिता भएकोे कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । भेट्रान्स पुरुष तर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रदेश खेलकुद परिषदको बार्षिक कार्यक्रम अन्र्तगत आयोजना भएको उक्त प्रतियोगितामा मुख्य आर्थिक सहयोगीको रुपमा नेपाल ईन्भेष्टमेन्ट मेघा बैकं र पोखरा महानगरपालिका रहेको संघले जनाएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको ब्यबस्थापन संचालन हुने उक्त प्रतियोगिता भएको सह—आयोजक कास्की जिल्ला आर्चरी सघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close