गण्डकी प्रदेशस्तरिय खुल्ला आर्चरी प्रतियोगिता फागुन ५ र ६ गते हुने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय खुल्ला आर्चरी प्रतियोगिता फागुन ५ र ६ गते आयोजना हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला आर्चरी संघको सह–आयोजनामा तथा गण्डकी प्रदेश आर्चरी संघको संयोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा हुने प्रतियोगिता नेपाल आर्चरी संघको समन्वमय र अन्नपुर्ण आर्चरी क्लबको व्यवस्थापनमा हुने कास्की आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जनाएका छन् ।

प्रदेश खेलकुद परिषद को बार्षिक कार्यक्रमको बजेटबाट आयोजना हुने प्रतियोगितालाई नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक र पोखरा महानगर पालिकाले सहयोग गरेका छन् । बिगत १० बर्ष देखी आर्चरी प्रतियोगिता लाई इन्भेस्टमेंट बैंकले निरन्तर सहयोग गर्दै आएको छ भने यस बर्ष देखी पोखरा महानगर पालिका समेत जोडिएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेश को मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुड, र कास्कीका गरी करिव ९० जना खेलाडीहरुको सहभागिता रहने छ आयोजकले जनाएको छ । प्रतियोगिता रिकर्भ र्ओपन पुरुष/महिला र स्टाण्डर्ड पुरुषतर्फ तथा व्यक्तिगत खुल्लातर्फ प्रतिस्पर्धा हुनेछ ।

रिकर्भ ओपन ७० मी र स्टाण्डर्ड ३० मी को दुरीमा प्रतिस्पर्धा हुने बताइएको छ । साथै साथै ६० बर्ष भन्दा माथीका खेलाडीहरु बिच स्टाण्डर्ड ३० मी. भेट्रान्स तर्फको प्रतिस्पर्धा हुने गरि प्रतियोगिता तय गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगिता रिकर्भ ओपन पुरुषतर्फ पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद रु ३० हजार, २० हजार र १५ हजार प्रदान गरिनेछ भने महिलातर्फ १५ हजार, १० हजार र ५ हजार नगदका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै स्टाण्डर्ड पुरुषतर्फको प्रतिस्पर्धामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद रु २० हजार, १५ हजार र १० हजार प्रदान गरिने छ भने भेट्रान्स पुरुषतर्फ पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद रु ८, ५ र ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन फागुन ५ गते एक कार्यक्रमका विच गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close