पोखरा म्याराथनलाई भोज गुरुङको सहयोग

पोखरा स्पोर्टस । पोखराको जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई समाजसेवी भोज गुरुङले आर्थिक सहयोग गरेका छन् ।

मञ्चका आजिवन सदस्य समेत रहेका गुरुङले पोखरा म्याराथनको पूर्ण सफलताको कामना गर्दै नगद २५ हजार सहयोग गरेका हुन् । उनले उक्त रकम मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै समाजसेवी गुरुङले पोखरा म्याराथनलाई सहयोग गर्न पाउनु गर्वको विषय रहेको वताए ।

“मैले विगत देखि नै सहयोग गर्दै आएको हुँ । यस पटक पनि मेरो सानो सहयोग गरेको छु । थोपा थोपा सहयोगले नै पोखरा म्याराथन सफल हुनेमा म विश्वस्त छु,” उनले भने ।

सहयोगी गुरुङ पोखरा १२ का स्थायी वासिन्दा भए पनि हाल यूकेमा वस्दै आएका छन् । उनी सहारा युुकेका सल्लाहकार समेत हुन् भने नेपाल तथा यूकेमा विभिन्न सामाजिक संस्थामा आवद्ध छन् ।

सो अवसरमा सहयोग प्रति आभार व्यक्त गर्दै निवर्तमान अध्यक्ष गुरुङले उहाँको निरन्तर सहयोगले पोखरा म्याराथन सफल बनाउन ठूलो भूमिका खेल्ने बताए ।

रकम हस्तान्तरण कार्यक्रममा मञ्चका सल्लाहकार महेश गुरुङको समेत सहभागिता रहेको थियो ।

पोखरा म्याराथन यहि फागुन ६ गते शनिवार आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close