साग स्वर्ण पदक विजेता राईको निधन

पोखरा स्पोर्टस । नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कृष्णबहादुर राईको बुधबार निधन भएको छ ।

सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।

आठौं सागमा उनले टिम कातातर्फ स्वर्ण जितेका थिए । स्व. राई चौथो राष्ट्रिय खेलकुदको एकल काताका स्वर्ण विजेता पनि हुन् । उनका श्रीमति र छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close