राष्ट्रिय हाप्किडोमा लुम्बीनी च्याम्पियन, सेमीनार सम्पन्न

पोखरा स्पोर्टस । दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सम्पन्न भएको छ ।

ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तर्राष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र दक्षिण एयिाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए ।

सेमिनारमा ली, हग्रिन्ज र मगरले प्रशिक्षण दिएका थिए । सेमिनारमा नेपाल भारत, पाकिस्तान, बंगलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधित्व थियो ।

यसैगरी सातौ राष्ट्रिय च्याम्पियनसीपमा लुम्बीनी पहिलो, बागमती दोस्रो र कर्णाली प्रदेश तेस्रो भए । 

पुरुष तर्फका बागमतीका रबिन तामाङ तथा महिलामा कर्णालीकी सलिना परियार उत्कृष्ट खेलाडी भए ।

डेमोन्सट्रेसनमा बाग्मती पहिलो, कर्णाली दोस्रो तथा गण्डकी तेस्रो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close