इङल्याण्डविरुद्धको टेस्टमा हारबाट बच्न भारत संघर्षरत

पोखरा स्पोर्ट्स ।  भारत र इङल्याण्डबीचको चौथो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल सकिदा भारत टेस्टमा हारबाट बच्न संघर्षरत रहेको छ भने इङल्याण्डले जित निकाल्ने प्रयास गरिरहेको छ ।

चौथो दिनको खेल सकिदा भारतले आफ्नो दोस्रो इनिंगमा २ विकेट गुमाउदै १७४ रन बनाएको छ र इङल्याण्डसँग अझै १३७ रनले पछाडी रहेको छ ।

अब आज अन्तिम दिन भारतले अल आउट नभएर पुरै दिन ब्याटिंग गरेमा यो खेल ड्र हुने छ । इङल्याण्डले भने भारतलाई छिटो अल आउट गरेर नतिजा निकाल्ने प्रयास गरिरहेको छ ।

भारतका ब्याट्सम्यान केएल राहुल ८७ र कप्तान शुभमन गिल ७८ रन बनाएर खेलिरेह्का छन् । दुवैबीच तेस्रो विकेटका लागि १७४ रनको साझेदारी भएको छ ।

यस अघि भारतले पहिलो इनिंगमा ३८५ र इङल्याण्डले ६६९ एन बानाएको थियो । ५ खेलको टेस्ट सिरिजमा हाल इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close