राष्ट्रिय इपी फेन्सिङमा गण्डकीका सचिनलाई रजत

पोखरा स्पोर्टस् । कैलालीको धनगढीमा जारी राष्ट्रिय इपि फेन्सिङ प्रतियोगितामा गण्डकीका सचिन खत्रीले जुनियर प्रतिस्पर्धामा रजत पदक जितेका छन् ।

बुधबार राती सम्पन्न फाइनलमा सुदुर पश्चिमका लक्ष्यजङ्ग शाही संग पराजित हुँदै सचिनले रजत पदक जितेका हुन् । कास्की फेन्सिङका अध्यक्ष विजय शाहीका अनुसार सचिन झिनो अङ्कले फाइनलमा पराजित भएका थिए ।

सोही प्रतियोगितामा कास्कीका कुमार मल्लले कास्य पदक जितेका छन् ।

जारी प्रतियोगितामा नवौं राष्ट्रियमा कास्य पदक विजेता नवराज कार्की भने क्वाटरफाइनल बाट बाहिरिएका छन् ।

प्रतियोगिता आज सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close