स्वस्थ जीवनयापन र मोटोपना विरुद्ध ‘रन फर फन’

पोखरा स्पोर्टस । स्वस्थ जीवनयापन र मोटोपना विरुद्ध ५ किमि ‘रन फर फन’ हुने भएको छ ।

राउण्ड टेबल नेपालको आयोजना तथा एन.आर.एस स्पोर्टस फाउन्डेशनको व्यवस्थापनमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रम विश्व मोटोपन दिवसको अवसरमा मार्च ४ मा काठमाण्डौस्थित दरवार स्क्वायरबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।

खेलकुद मार्फत जनचेतना दिने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा एक हजार भन्दा बढिको सहभागिता हुने छ ।

सो बारे जानकारी दिन आयोजित कार्यक्रममा राउण्ड टेवल नेपालका उपाध्यक्ष नितिश अग्रवाल, कोषाध्यक्ष आशिष गोयल, धिरज गोल्छा, एनआरएस स्पोर्टसका वागमती राई, राष्ट्रिय खेलाडी सन्तोषी राई, सोनी गुरुङ, एथलेटिक्स संघका पूर्व अध्यक्ष तथा रघु वन्त लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close