एनभिए राष्ट्रिय भलिबल लिगमा गण्डकी को–को संग भिड्दै (खेल तालिका सहित)

एनभिए राष्ट्रिय भलिबल क्लव लिगको पहिलो खेलमा पुलिस संग भिड्दै गण्डकी

पोखरा स्पोर्टस । एन.भि.ए.महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० अन्तर्गत भोली (शनिबार) सुरु हुँदैछ ।

पहिलो दिनको खेलमा महिला र पुरुषतर्फको दुबै खेलमा गण्डकी प्रदेशले विभागिय टोली नेपाल पुलिस संग भिड्ने भएको हो । शनिबार बिहान ८ बजे महिलातर्फको पहिलो खेल र मध्यान्ह १२ बजे पुरुषतर्फको खेलमा गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ ।

प्रतियोगितामा सहभागिताका लागि काठमाण्डौ हिड्नु अघि टिमका मुखय प्रशिक्षक रमेश केसीले नेपाल पुलिसलाई आफ्नो टिमले सहज जित हात पार्ने बताए । उनले भने–“टिममा विदेशी एक जना खेलाडी हुँदा समेत हामीले पुलिसलाई टाइगर कपमा पराजित गरेका थियौं । ढोरपाटनमा समेत सेमफिाइनलमा पराजित गरेका हौं । भोली त हामी ३ जना विदेशी अनुभवी खेलाडी छन् । हामी उच्च मनोबलका साथ मैदानमा उत्रिने छौं ।”

खेल तालिका अनुसार प्रतियोगितामा गण्डकीको पुरुष टिमले असार २४ गते शसस्त्र प्रहरीको एपिएफ क्लब, २५ गते नेपाल आर्मी, २६ गते टिप टप हेल्प नेपाल, २८ गते शैलुङ बागढुङ्गा स्पोर्टस क्लब र २९ गते दावाँली मिलन क्लब–काठमाण्डौ संग खेल्ने छ ।

यसै गरी महिला टिमले असार २४ होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, असार २५ गते शसस्त्र प्रहरीको एपिएफ क्लब, असार २७ गते एभरेष्ट भलिबल क्लब–बुटवल र असार २९ गते नेपाल आर्मी संग भेट पक्का गरेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमहरुको सहभागिता रहेका छन् ।

लिगमा विजयी हुने टोलीले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएकोले पनि यो प्रतियोगितालाई विशेष रुपमा हेरिएको छ ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः नगद रु ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५/३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनाही रु. १५/१५ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close