
पोखरा । अखिल नेपाल फुटबल संघ कास्कीमा भएको अनियमितता सम्वन्धमा छनविन गर्न एन्फा केन्द्रले गठन गरेको समितीले आज बाट छानविन अघि बढाउँदै छ ।
छानविनका लागि एन्फा केन्द्रको बैठकले मनोनयन गरेका एन्फाका केन्द्रिय उपाध्यक्ष समेत रहेका संयोजक वीर बहादुर खडका सहितको टोलीले आज बाट छानविन प्रक्रिया शुरु गरेको हो । संयोजक खडका सहितको छानविन टोली कास्की एन्फा कार्यसमिती संग केही क्षणमा बैठक बस्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
मंगलवार पोखरा आएका खडका संग कास्की एन्फाका केहीले भेट्न खोजे पनि खड्काले समय नदिएको जनाइएको छ । छानविन समितीमा अग्रज फुटबलकर्मी आनन्द रञ्जित र नारायण अधिकारी रहेका छन । पोखराका फुटबल प्रेमीहरुले यसको छानविन उचित ढङ्गबाट हुनुपर्ने बताएका छन । उनीहरुले भनेका छन–“यो दुधको दुधको पानीको पानी होस ।” “फुटबलको उर्वरा भुमी पोखरामा यस्ता गतिविधीहरु तुरुन्तै साम्य हुनुपर्छ”, उनीहरुले भने ।
कास्की जिल्ला प्रशासन कार्यालयले गत फागुनमा एन्फा कास्कीमा भएको अनियमितता बारे १७ वुँदे प्रश्न सहित स्पष्टिकरण सोधेपछि एन्फा केन्द्रले छानविन समिती बनाएको थियो । कोभिड १९ का कारण भएको लकडाउनले छानविन अघि बढ्न सकेको थिएन ।
र यो पनि पढनुस
एन्फा कास्कीको अनियमितता छानविन गर्न खड्का पोखरामा
https://pokharasports.com/2020/06/30/19031/
