राखेप कर्मचारी संघको महाधिवेशन नेपालगन्जमा

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ केन्द्रीय कार्यसमितिको महाधिवेशन तथा निर्वाचन नेपालगन्जमा हुने भएको छ । महाधिवेशन फागुन ४ र ५ गते हुन लागेको संघका अध्यक्ष रञ्जन थापाले जनाएका हुन् ।

महाधिवेशनका लागि जिल्ला कार्य समिति र केन्द्रीय कार्यालय इकाइ समितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ ५ देखि १० गते भित्र विधान बमोजिम गरी माघ २० गते भित्र केन्द्रीय कार्यसमितिमा नामावली बुझाइ सक्नु पर्ने संघले जनाएको छ ।

त्यस्तै प्रदेश कार्यसमितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ २० देखि २५ गते भित्र विधान बमोजिम सम्पन्न गरी माघ २८ गते भित्र केन्द्रीय कार्यसमितिमा नामावली पठाउनु पर्ने संघले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close