साग पदकधारी मनिताको खुट्टाको शल्यक्रिया सम्पन्न

पोखरा स्पोर्टस । साग पदकधारी जुडोकी मनिता श्रेष्ठको खुट्टाको शल्यक्रिया भएको छ ।

नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारी समेत रहेकी श्रेष्ठको बि.एण्ड बी. अस्पतालमा दाहिने खुट्टाको लिगामेन्टको शल्यक्रिया भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराएका हुन् ।

गण्डकी प्रदेशको पोखरामा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदका दौरान खुट्टामा चोट बोकेकोमा आईसिङ्ग गरेर ठिक भएको मानेर जापानमा आयोजना भएको बिश्व च्याम्पियनसिपमा सहभागिता जनाई रहेको अवस्थामा पुन समस्या बल्झिएको थियो । श्रेष्ठले उक्त च्याम्पियनसिपमा एक बाउट खेल जितेको समेत अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

डा.विवेक बासुकलाका अनुसार अव श्रेष्ठको ३५ दिन पछि प्लास्टर खोलिने र पूर्ण रुपमा खेलमा फर्कन ५ महिना लाग्ने छ । उनी हाल २०२४ को ओलम्पिक तयारीका क्रममा ओलम्पिक सोलिडारिटी अन्तर्गत प्रशिक्षणमा रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close