तेक्वान्दो संघले गर्‍यो गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी जोशीलाई स्वागत

पोखरा स्पोर्टस । गण्डकी प्रदेश तेक्वान्दो संघले गण्डकी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक रामदत्त जोशीलाई स्वागत गरेको छ ।

प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक जोशी हालै गण्डकी प्रदेशको प्रमुखको रुपमा सरुवा भएर आएका हुन् । नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक जोशीलाई केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल, केन्द्रिय सदस्य मदन केसी, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ, महासचिव रमेश पौडेल र कास्की जिल्ला तेक्वान्दो संघका सचिव दिपेन्द्र पाहारीलगायतले स्वागत गरेका थिए ।

सो अवसरमा प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक जोशीले प्रदेश तेक्वान्दो संघले आफूलाई स्वागत गरेकोमा खुसी व्यक्त गर्दै गण्डकीको तेक्वान्दो खेलको विकास संगै यहाँ हुने अन्य खेलकुद गतिविधिका बारेमा चासो राखेका थिए । उनले भने–“मेरो खेलकुदमा निकै अभिरुची छ, खेलकुदका व्यक्तिहरुको सम्वन्ध भनेको नै निस्वार्थ हुन्छ, म उहाँहरुको त्यो भावनाको कदर गर्छु ।” उनले पोखरा पर्यटकिय संगै खेलकुदका लागि समेत महत्वपूर्ण रहेकोले यहाँको खेलकुद कार्यक्रमले पोखराको गरिमालाई माथी उठाउन सहयोग पुग्ने उल्लेख गर्दै खेलाडीहरुको शुरक्षा लगायतका विषयमा नेपाल प्रहरीले सहयोग गर्ने जनाए ।

स्वागत कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष गुरुङले प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक जोशीलाई पोखरामा स्वागत गर्न पाउँदा तेक्वान्दो परिवार गौरवान्वित भएको बताउँदै आगामी असौज ६ देखि ९ गते सम्म पोखरामा आयोजना हुने तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२२ का बारेमा जानकारी गराएका थिए । उनले नेपाल प्रहरीले नेपाली खेलकुदको विकासका लागि गरेको योगदानको चर्चा गर्दै प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक जोशीको पोखरा बसाईले यहाँको खेलकुदले थप उचाई प्राप्त गर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close