
पोखरा स्पोर्टस । पोखरामा आयोजित लामाचौर कपमा महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ। शुक्रबार फाइनलमा न्यू डायमण्ड भलिबल टिमलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ । उपविजेता डायमण्डले १ लाख प्राप्त गरेको छ ।

पहिलो र दोस्रो सेट आफ्नो पारेको एपीएफले तेस्रो सेट भने गुमाएको थियो। पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको हो । तेस्रो सेट डायमण्डले २५–१३ मा जिते पनि चौथो सेटमा अथक प्रयासबिच पनि बराबरी खेल्न सकेन ।
प्रतियोगितामा एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर बने । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए । एपिएफकी पुजा चौधरीले मस्ट भ्यालुयबल प्लेयरको उपाधि चुमिन् ।
चौथो सेट एपीएफले २५–१० मा जितेको हो । डायमण्ड लामाचौर कपको सुरूवाती संस्करणतिर सर्वाधिक सफल टिम भएपनि पछिल्लोपटक विभागीयको वर्चस्व रहँदै आएको छ । डायमण्डले २०६९ देखि लगातार चार वर्ष उपाधिमाथि कब्जा जमाएको थियो ।
गलकोट तेस्रो भएकोमा गण्डकी पुछारमा रह्यो । महिलामा गत वर्ष नेपाल पुलिसले डायमण्डलाई हराएको थियो ।
