मनुश्री ̸ भिग्नाजित अन्तर्राष्ट्रिय जुनियर टेनिसमा अयार्शलाई दोहोरो उपाधि

पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न ‘दोस्रो मनुश्री ̸ भिग्नाजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा पोखराका अयार्शराज पौडेलले दोहोरो उपाधि जितेका छन् ।

यू–८ मा विजेता श्रेया भट्टराईलगायत खेलाडीहरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न यू–९ र यू–१० ब्वाइज सिंगल्समा अयार्शले दोहोरो उपाधि जितेका हुन् । यू–९ तर्फको खेलमा अयार्शले इभान भट्टराईलाई पराजित गरेका थिए भने यू–१० तर्फ विश्व डल्लाकोटीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । उपाधि संगै अयार्शले नगद ५ हजार र उपविजेता रहेका इभान र विश्वले गिफ्ट ह्याम्पर साथमा गिफ्ट ह्याम्परका साथमा मेडल र प्रमाणपत्र हात पारे ।

प्रतियोगिता अन्तर्गत नै सम्पन्न यू–१२ ब्वाइज सिंगल्सतर्फको फाइनल खेलको निर्णायक तथा अन्तिम सेटमा स्पन्दन उदास रिटायर्ड हर्ट हुँदा सन्दिप बिकले बाजी मारेका छन् । पहिलो सेट २–६ ले जितेका स्पन्दन दोश्रो सेटमा भने सन्दिप खेलमा फर्किदैं ६–१ ले आफ्नो पक्षमा पारे । दोश्रो सेट चलिरहँदा स्पन्दन घुँडाको चोटका कारण मैदान छोडेका थिए । सन्दिपले उपाधि संगै नगद रु ८ हजार र उपविजेता रहेका स्पन्दनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यता गर्ल्स सिंगल्सतर्फ यू–१० को फाइनलमा साल्भी शेरचनले सारा पन्तलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी उपाधि जित्दा यू–९ तर्फको फाइनलमा भने साराले जिभाश्री भट्टराईलाई ४–१ र ४–२ ले पराजित गर्दै उपाधि जितिन् ।

प्रतियोगितामा ३७ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा गर्ल्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीहरुको सहभागिता थियो । समापन कार्यक्रममा प्रतियोगितामा सहभागि सबै भन्दा कान्छा उमेरका खेलाडी ४ वर्ष १० महिनाका सर्वज्ञजङ्ग खत्रीलाई गिफ्ट ह्याम्परबाट सम्मान गरिएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई प्रतियोगिताका मुख्य सहयोगी कास्की टेनिसका संरक्षक कुमार मोहन बहादुर शाही, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, प्रतियोगिताकी संयोजक पृती बराल, टुर्नामेण्ट डाइरेक्टर राजन पौडेल, संघका उपाध्यक्ष नविन चालिसेलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै संरक्षक शाहीले यूवा खेलाडी उत्पादनमा सहयोग पुग्ने हेतुले यो प्रतियोगितालाई सहयोग गरेको बताए । उनले खेलमा जित र हार भन्दा पनि सहभागिताले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताए ।

कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ संघका सचिव नविन श्रेष्ठले कास्की टेनिसको गतिविधि माथी प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close