
पोखरा स्पोर्टस । पोखराका दर्शिल श्रेष्ठ सहित चार जुनियर टेनिस खेलाडी बगालादेश जाने भएका छन् ।
यहि जनवरी ९ देखि १९ सम्म बंगालादेशको राजधानी ढाकामा हुने रिजनल क्वालिफाइङ इभेन्टमा सहभागिता जनाउने भएका हुन् । ढाका जाने खेलाडी यू–१४ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ र निशाद जोशी रहेका छन् । उनीहरु दुबैले सिंगल्स इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
त्यस्तै गर्ल्स यू–१४ सिंगल्समा शिभाली गुरुङ र श्वस्तिाका विष्टले नेपालका तर्फबाट प्रतिष्पर्धा गर्ने भएका छन् ।
उनीहरु संगै प्रशिक्षक कान्छा खड्गी समेत ढाका जानेछन् । प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रत्येक राष्ट्रबाट २–२ ब्वाइज÷गर्ल्स गरी ४ खेलाडी सहभागी हुन पाउने प्रावधान छ ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।
