आहा ! रारा पोखरा गोल्डकप : फाइनलमा स्वदेशी र विदेशी क्लबको भिडन्त

पोखरा स्पोर्टस । आहा ! रारा पोखरा गोल्डकपको शनिबार हुने फाइनल खेलमा स्वदेशी क्लब संकटा यूथ क्लब र पाहुना टोली भुटनिज यूथ स्पोर्टस क्लब (बिवाइएसी) मिनिसोटा, अ‍ेमेरिका भिड्दै छन् ।

आहा रारा पोखरा गोल्डकपको इतिहासमा उपाधिका लागि यि दुबै टिम पहिलो पटक मैदानमा आमने सामने हुने भएका हुन् । गत पौष १४ गतेबाट सुरु भएको २२ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकपमा संकटाले नेपाल आर्मीको त्रिभुवन क्लबलाई क्वाटर फाइनलमा तथा सेमीफाइनलमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

बिवाइएसीले क्वाटरफाइनलमा नेपालकै चर्चित क्लब मनाङ मर्स्याङदीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । चर्च ब्वाइजलाई सेमीफाइनलमा पराजित गरे संगै संकटा संग फाइनलमा भेट पक्का गरेको थियो ।

२०७७ मा पहिलो पटक आहा राराको उपाधि उचालेको संकटा दोश्रो पटक उपाधि उचाल्ने दाउमा छ । ६ पटक लगातार सहभागिता जनाएको संकटाले दोश्रो पटक सहभागिता जनाएको बिवाइएसी टिम संगको भिडन्त रोचक हुने अनुमान गरिएको छ । फाइनल खेल २ बजे सुरु हुने आयोजक सहारा क्लवले जनाएको छ ।

उपाधि विजेताले नगद १२ लाख र उपविजेताले नगद ६ लाख प्राप्त गर्नेछन् । यसका साथै अन्य विद्यागत पुरस्कारहरु समेत नगद र ट्रफी सहित वितरण गरिने सहाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close