बागलुङको जैमिनीमा पालिकास्तरिय पुरुष तथा खुला महिला भलिबल हुने

पोखरा स्पोर्टस । बागलुङको जैमिनीमा पालिकास्तरिय पुरुष तथा महिला भलिबल आयोजना हुने भएको छ ।

सहारा क्लब जैमिनीको आयोजना तथा बागलुङ जैमिनी नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । आगामी पौष २९ गते देखि माघ ५ गते सम्म “स्थानिय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि, उद्योग, व्यपार तथा पर्यटनको प्रवर्द्धन” भन्ने मुल उद्धेश्यका साथ आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वनातर्फ हुने टिमले क्रमश नगद रु १ लाख ११ हजार १ सय ११, ५५ हजार ५ सय ५५, २५ हजार ५ सय ५५ र १२ हजार २ सय २२ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसै गरी महिला खुला भलिबलतर्फ प्रथम, द्वितिय, तृतिय हुने टिमले क्रमश नगद रु ४० हजार, २० हजार र ७ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सोही कार्यक्रम अन्तर्गत धौलागिरी अञ्चलस्तरिय र जैमनी नगरपालिका स्तरिय पुरुष डबल्सतर्फ दुई छुट्टा–छुट्टै प्रतियोगिता समेत समावेश गरिएको छ । व्याडमिन्टन अञ्चलतर्फ प्रथम, द्वितिय, तृतिय हुनेले क्रमश नगद रु २५, १५ र ५ हजार तथा पालिकास्तरमा प्रथम, द्वितिय, तृतिय र सान्त्वनातर्फ क्रमश नगद रु ८, ५ र २ हजार ५ सय नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम अन्तर्गतनै माविस्तरिय हाजिरी जवाफ प्रतियोगिता, रत्यौली प्रतियोगिता, कृषि प्रदर्शनी लगायत हुनेछन् ।
फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close