
पोखरा स्पोर्टस । नेपाली मुआथाई टोली एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन टर्की प्रस्थान गरेको छ ।
टर्कीको राजधानी इस्तान्बुलमा आयोजना हुने मुआथाई सेमीनार तथा क्याम्पमा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेको हो । उक्त कार्यक्रम टर्कीको राजधानी इस्तान्बुलमा यहि पौष २० देखि २५ गते सम्म सञ्चालन हुने नेपाल मुआथाई संघका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिएका छन् ।
संघका महासचिव सुदिप पञ्डित क्षेत्रीको नेतृत्वमा टर्की हिंडेको टोलीमा खेलाडीहरु मनराज श्रेष्ठ, योग कुमार थापा मगर, धर्म घर्ती मगर र अशोक घर्ती रहेका छन् ।
टोलीलाई कार्यबाहक अध्यक्ष श्रेष्ठले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट शुभकामनासहित विदाई गरेका छन् ।
