हाङझाव एसियाड छनोट: एथलेटिक्सतर्फ २० खेलाडी, करातेको जारी र बक्सिङको सम्पन्न

पोखरा स्पोर्टस । चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदको एथलेटिक्सका लागि २० खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । नेपाल एथलेटिक्स संघले विभिन्न ६ स्पर्धामा छनोट प्रतियोगिता आयोजना गरी २० खेलाडीको प्रारम्भिक छनोट गरेको एथलेटिक्सका केन्द्रीय सचिव आरके विष्टले जनाएका हुन् ।

म्याराथनमा कृष्ण बस्नेत, खडकबहादुर खड्का, नरेन्द्र रावत, होमलाल श्रेष्ठ, पुष्पा भण्डारी, विन्द्राधन्के श्रेष्ठ र रेखा विष्ट तथा १० हजार/५ हजार मिटर दौडमा गोपीचन्द्र पार्की, दीपक अधिकारी, सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र फुलमती राना छनोट भए । ५ हजार मिटर दौडमा मुकेशबहादुर पाल, गजेन्द्र राई र नागेश्वर अहिर तथा ८ सय/१ हजार ५ सय मिटर दौडमा अजितकुमार यादव, सुनिल सुनुवार, सोमबहादुर कुमाल, तेजबहादुर कार्की र सन्जिव नेपाली रहेका छन् ।

एथलेटिक्स संघले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरेको दुईदिने छनोटमा २ सय ५० खेलाडीको सहभागिता रहेको सचिव विष्टले जानकारी गराए ।

कराते
कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका स्वनिम मानन्धर पहिलो, नेपाल आर्मीका प्रवीण मानन्धर दोश्रो तथा नेपाल प्रहरीका महशुस मोक्तान र बाग्मती प्रदेशका यानुज महर्जन तेश्रो भए । सो स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ पहिलो, प्रहरीकी चन्चला दनुवार दोश्रो तथा प्रहरीकी सरु कार्की र गण्डकी प्रदेशकी संगिता मगर तेश्रो भए ।

नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष ८४ केजीमुनि, ८४ केजीमाथि प्रहरीका विप्लव श्रेष्ठ, बाग्मतीका आशिष थापा तथा प्रदेश १ का रोजन खड्का र आर्मीका विपिनराज सिंह जर्जी क्रमशः शीर्ष तीन स्थानमा रहे ।

बक्सिङ
एसियाडको प्रारम्भिक बक्सिङ्ग छनौट खेलको फाईनल खेलहरुमा ५७ केजी तौल समुहमा बागमती प्रदेशका खेलाडी सुरज महर्जनले सशस्त्र प्रहरीका खेलाडी पुरन राईलाई ५ः० अंकको आधारमा पराजित गदै जित हासिल गरेका छन् ।

पुरुषतर्फ ५२ केजितौल समुहमा प्रहरीका खेलाडी चन्द्र बहादुर थापाले बागमती प्रदेशका खेलाडी लक्ष्मण राईलाई नेपाल ५ः० अंकको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

पुरुषतर्फ ६३ केजीतौल समुहमा नेपाल प्रहरीका खेलाडी भुपेन्द्र थापाले सशस्त्र प्रहरी ए का खेलाडी सोनाम सार्कीलाई वाकओभरको आधारमा जित हासिल गरे । पुरुषतर्फ ७५ केजी तौल समुहमा नेपाल आर्मी ए का खेलाडी श्रेष्ठले नेपाल आर्मी बि का खेलाडी दिपेश लामालाई वाकओभरको आधारमा जित हासिल गरे ।

यसै गरि महिलातर्फ ५१ केजीतौल समुहमा बागमती प्रदेशका खेलाडी सुस्मीता तामाङ्गले नेपाल आर्मी ए का खेलाडी मिनु गुरुङलाई वाकओभरको आधारमा जितिन् । महिलातर्फकै ५७ केजीतौल समुहमा नेपाल आर्मी बि का खेलाडी बिमला श्रेष्ठले ४ः१ अंकको आधारमा बागमती प्रदेशका खेलाडी हेमा राईलाइ हराउदै जित हासिल गरिन ।

महिलातर्फ ६० केजीतौल समुहमा सशस्त्रप्रहरी ए का खेलाडी संगिता सुनारले नेपाल आर्मी बि का खेलाडी वर्षा श्रेष्ठलाई एबिडिको पराजित गर्दैै जित हासिल गरिन् । महिलातर्फ ६९ केजीतौल समुहमा सशस्त्र प्रहरी बि का खेलाडी सरस्वती रानाले नेपाल आर्मी ए का खेलाडी सबिन ाश्रेष्ठलाई ५ः० अंकको आधारमा जित हासिल गरिन ।

महिलातर्पm ५१ किलो तौल समुहमा मिनु गुरुङ्ग, ललिता महर्जन, सुस्मा तामाङ्ग र रिता दर्लामी, ५७ किलो तौल समुहमा चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ्ग रहेका छन् ।

६० किलो तौल समुहमा संगीता सुनार, पुनम रावल, देचेन शेर्पा, वर्षा श्रेष्ठ रहेका छन भने ६९ किलो तौल समुहमा सरस्वती रानामगर, सविना श्रेष्ठ, विनीता थापा मगर र निरु गुरुङ्ग रहेका छन भने पुरुषतर्फ ५२ किलो तौल समुहमा चन्द्र बहादुर थापा, प्रदिप महर्जन, लक्ष्मण राई र प्रेम चौधरी रहेका छन ६७ किलो तौल समुहमा सुरज महर्जन, पुरन राई, ईन्द्र बहादुर सुनार र शम्भु राजवंशी रहेका छन् ।

त्यस्तै ६३ किलो तौल समुहमा भुपेन्द्र थापा, लालु आले, निशान दाश र सोनाम सार्की रहेका छन् भने ७५ किलो तौल समुहमा दीपक श्रेष्ठ, शनील शाही, दिपेश लामा र साजनत ामाङ्गबन्द प्रशिक्षणमा पर्न सफल भएका छन् । निकट भविष्यमा राखेपसंग समन्वष्य गरी बन्द प्रशिक्षण शुरु गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close