नेपाली बिच भलिबल टोलीलाई सदस्य–सचिवको बधाइ

पोखरा स्पोर्टस । मित्रराष्ट्र बंगलादेशको कोक्स बजारमा भएको एभीसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बधाइ दिएका छन् ।

सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिएका हुन् ।

नेपालको पुरुष/महिला दुवै टोलीले प्रतियोगितामा रजत पदक जितेको थियो ।

पुरुषमा मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा कोपिला उप्रेती र कमला पुनको जोडी सहभागी थिए ।

प्रतियोगिता गत शुक्रबार सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close