मदन भण्डारी स्पोर्टस एकेडेमीको पोखरामा मनाइयो स्थापना दिवश

पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवश गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगिता र सम्मान कार्यक्रम सहित मनाएको छ ।

पोखरा रंगशालामा आयोजित ठेलो प्रतियोगितामा निरज गुरुङ पहिलो भएका छन् । उनले १५.१९ मिटर ठेलो फाल्दै नगद ३५ हजार हात पार्दा उनका प्रतिष्पर्धी किरण विक १४.९४ मिटर ठेलो फाल्दै दोश्रो हुँदा १४.२० मिटर ठेलो फालेका रोहित सुनार तेश्रो भएका छन् । दोश्रो हुने किरणले नगद २५ हजार र तेश्रो हुने रोहीतले नगद १५ हजारका साथमा सम्मानपत्र प्राप्त गरेका छन् ।

यस अघि कार्यक्रममा पोखराका तिन विभिन्न क्षेत्रका अग्रजहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्व फुटबल खेलाडी रुद्रनाथ पौडेल, अग्रज खेल पत्रकार नारायण कार्की र वरिष्ठ नृत्यकर्मी बुद्धि प्रसाद गुरुङ ‘गौरी’ रहेका छन् । कार्यक्रमका प्रमुख अतिथी तथा गण्डकी प्रदेश सभाका सदस्य खगराज अधिकारीले उनीहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै सांसद अधिकारीले नेपाली मौलिक खेलहरु नेपालका राष्ट्रिय खेल भएको बताए । उनले भने–“हामीले मौलिक खेलको जर्गेना आधुनिकतासहित गर्नु पर्छ । आफू हराउने र आधुनिकता रोज्ने त्यो हुन सक्दैन ।” उनले नेपालमा राष्ट्रिय खेल कुन हुने बारे लामो चर्चा र वहश भएको बताउँदै ठेलो खेलको आफ्नै महत्व रहेको बताउँदै ठेलो खेललाई अघि बढाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता रहने बताए ।

सम्मानित व्यक्तित्व अग्रज पत्रकार पत्रकार नारायण कार्कीले खेलकुदको विकासका लागि लागि प्रयाप्त लगानी आवश्यक रहने कुरामा जोड दिए । “हामीले १० वटा अस्पताल बनाउनु भन्दा एउटा उच्चस्तरिय खेल मैदान बनाउन जोड दिनु पर्छ तब मात्रै नागरिक स्वस्थ र जागरुक बन्छन् ।”

कार्यक्रममा आफ्ना धारणा राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले एकेडेमीले अग्रजहरुलाई सम्मान गरेर उदाहरणिय कार्य गरेको बताउँदै खेलकुदले नै विश्वमा एकताको सन्देश दिन सफल रहेको उल्लेख गरे ।

एकेडेमी गण्डकीका संयोजक राजेश कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close