राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : प्रिन्सले जिते तीन स्वर्ण महिलातर्फ रशिलालाई स्वर्ण

पोखरा स्पोर्टस । राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले ‘प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता’मा खुल्ला पुरुषतर्फ सहित तीन छुट्टा–छुट्टै इभेन्टमा स्वर्ण पदक जितेका छन् ।

पोखरामा शनिबार सम्पन्न भएको पुरुष एकलको फाइनल खेलमा नेपाल पुलिस क्लबका दाहालले युवा खेलाडी त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनलाई १९–२१, २१—१२ र २१—१४ को सेटमा पराजित गरी उपाधि जितेका हुन् । उनले मिक्स डवल र पुरुष डवल तर्फको विद्यामा समेत स्वर्ण पदक जितेका हुन् ।

शनिबार नै सम्पन्न महिला एकल तर्फको बिधामा आर्मीकी रशिला महर्जनले महिलातर्फ नेपालको नम्बर १ ¥याङकीङ खेलाडी भोजपुरी निवासी नङसाल तामाङलाई २४–२२ र २१–१३ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।

पुरुष डवल ३५ बर्ष माथि उमेर समुहमा कास्कीका बिशाल खड्का र आर्मीका सुरज महर्जनको जोडीले स्वर्ण पदक जितेका छन् । शनिबारको फाइनल खेलमा खड्का र महर्जनको जोडीले कास्कीका होम गुरुङ र पुलिसका बिष्णु कटुवालको जोडीलाई २१—१९ र २१—१४ को सोझो सेटमा पराजित गरी प्रथम हुदै स्वर्ण पदक हात पारेका हुन् ।

१७ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१७) पुरुष तर्फको खेलमा आर्मीका डेभिड थापा मगरले स्वर्ण पदक जितेका छन्। फाइनल खेलमा मगरले एपिएफका रोशन साउदलाई २१—९, र २१—१९ को सेटमा पन्छाउदै उपाधि जिते । १७ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१७) महिला तर्फको खेलमा आर्मीकी शेश्ना र्शीपालीले स्वर्ण पदक जितिन । फाइनल खेलमा र्शीपालीले आर्मीकै रेहाना शेरचनलाई २१—८, र २१—१७ को सेटमा पन्छाउदै उपाधि जितिन् ।

१२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१२) पुरुष तर्फको खेलमा आर्मीका सुदेश राजकोटीले स्वर्ण पदक जिते । उनले शनिबार भएको फाइनल खेलमा तनहुँका सफल भुजेललाई २२—२०, र २१—१६ को सेटमा पन्छाउदै स्वर्ण पदक जिते ।

महिला डबल्सतर्फको विधामा शनिबार भएको फाइनल खेलमा एपिएफकी पुजा श्रेष्ठ र भोजपुरकी नङसाल तामाङको जोडीले आर्मीकी प्राथना देउवा र आर्मीकी अनु माया राईको जोडीलाई २१—१७, र २२—२० को सेटमा पराजित गरी स्वर्ण पदक जितेका हुन् ।

त्यसै गरी पुरुष डबल्स ५५ बर्ष माथि उमेर समुहमा वुटवलका नारायण घिमिरे र धादिङका बिष्णुलाल श्रेष्ठको जोडीले स्वर्ण पदक जिते । धिमिरे र श्रेष्ठको जोडीले फाइनल खेलमा काठमाण्डौंको ग्यालेक्सीका स्कुलका सुरेश वंम र पुर्णसिंह जोशीको जोडीलाई १९–२१, २१—१३, र २१—१० को सेटमा पराजित गरी स्वर्ण पदक जिते ।

पुरुष डवल ४५ बर्ष माथिको उमेर समुहमा कास्कीका राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले स्वर्ण पदक जितेका छन् । फाइनल खेलमा गुरुङ र श्रेष्ठको जोडीले कास्कीकै नर बहादुर गुरुङ र बिशाल हिराचनको जोडीलाई २१–१०, २१–१८ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जिते ।

१२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१२) महिला तर्फको खेलमा नेक्सश इन्टरनेश्नल स्कुलकी र्शोलिन श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले वेल्टर व्याडमिन्टर एकेडेमीकी नितसा रैका मगरलाई फाइनल खेलमा २१–१७, १७–२१ र २२–२० को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।

मिक्स डबल्सतर्फको खेलमा पुलिका प्रिन्स दाहाल र निता लम्सालको जोडीले स्वर्ण पदक जितेका छन् । शनिबार भएको फाइनल खेलमा दाहाल र लम्सालको जोडीले आर्मीका पविन लिङथेप र अनुमाया राईको जोडीलाई २१—१७, र २१—१४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

त्यसै गरी पुरुष डबल्सतर्फको विधामा पुलिसकै प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडीले स्वर्ण पदक हात पार्न सफल भयो । शनिबार भएको फाइनल खेलमा दाहाल र कटुवालको जोडीले कास्कीका विधान अधिकारी र आर्मीका पविन लिङथेपको जोडीसंग २१–१६, २३–२५ र २१–१९ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन ।

प्रतियोगितामा काठमाण्डौं, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट ३ सय बढी खेलाडीहरु सहभागि  थिए ।

प्रतियोगिताको खुल्ला पुरुष एकल तथा डबल्सतर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार उक्त इभेण्टमा दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । त्यसै गरी प्रतियोगिता अन्र्तगत महिला एकल तथा डबल्स, मिक्स डबल्स, ३५ बर्ष माथिको डबल्स पुरुष उमेर समुह, ४५ बर्ष माथि डबल्स पुरुष, ५५ बर्ष माथि डबल्स पुरुष तर्फको बिधामा विजेता टोलीहरुले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्धेश्यले १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु—१२) र १७ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु—१७) पुरुष तथा महिला तर्फको विधाका विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले भने ५ हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे), प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, .सदस्य सचिव घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close