
पोखरा स्पोर्टस । नेपाल बक्सिङ्ग संघले आगामी ६ महिना भित्र संघको अधिवेशन तथा निर्वाचन हुने जनाएको छ ।
संघको शुक्रबार सम्पन्न एक बैठकले उक्त निर्णय गरेको हो । संघका अध्यक्ष राम अवालेको सभापतित्वमा, संघको पुर्ण कार्यसमितिको बैठकले बक्सिङ्गको दीगो विकासका लागि संस्थाका अग्रजहरुको सुझाव लिएको जनाउँदै ६ महिना पछि निर्वाचनमा जाने गरी म्यान्डेट समेत लिएको जनाएको छ ।
उक्त बैठकमा नेपाल बक्सिङ्ग संघका संस्थापक अध्यक्ष विष्णु गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता भएको बैठकमा तथा संघका पुर्व अध्यक्ष उमेश मास्के, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ लगायत संघका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संस्थापक अध्यक्षहरुले बक्सिङ्गको दीगो विकासका लागि बक्सिङ्ग विकासका लागि एकताबद्ध भएर अगाडि बढनुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए ।
कार्य समितिको बैठकले आगामी संघको अधिवेशन खेलकुद ऐन २०७७ को विधान बमोजिम अधिवेशन गर्ने निर्णय सर्वसम्मत निर्णय गरेको छ । साथै संघका सम्पुर्ण पदाधिकारी, सदस्यहरु, संघका सस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु पुर्व प्रमुख प्रशिक्षकहरु तथा रेफ्रिजजहरुले बक्सिंग खेलको विकास र एकताको निम्ति हात उठाएर एक्यबद्धता जाहेर गरेका थिए ।
