पोखरामा भेट्रान्स बास्केटबल सुरू, ‘भाइचारा बलियो बनाउन खेलकुद’–मन्त्री थापा

पोखरा स्पोर्टस । पोखरामा ‘प्रथम भेट्रान्स बास्केटबल प्रतियोगिता २०८१’ सुरू भएको छ ।

कास्की भेट्रान्स बास्केटबल संघको आयोजनामा सुरू भएको उक्त प्रतियोगिताको एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले खेलकुद स्वास्थ्य र राष्ट्रका लागि संगै आपसी भाइचारा सम्बन्ध बलियो बनाउन समेत उत्तिकै महत्वपूर्ण रहेको बताउँदै उनले भने–“खेलकुद जित र हारको विषय मात्रै होइन । आपसी सदभाव र भाइचाराको सम्बन्धलाई बलियो बनाउन खेलकुदलाई महत्वका साथ हेरिनु पर्छ ।”

प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै मन्त्री थापाले शारिरीक र मानसिक अवस्थालाई निरोगी बनाउन पनि उत्तिकै महत्वपूर्ण रहेको जनाउँदै मन्त्री थापाले भने–“पछिल्लो समय पोखरामा खेलकुदका विभिन्न गतिविधिहरु बढ्दै गएका छन् जसका कारण खेलकुद विकासले गति लिएको छ भने प्रतियोगिताहरू सफल बनाउन प्रदेश सरकार, मन्त्रालय र स्थानिय सरकारको सहयोगको समेत रहेको छ ।”

पोखरा रंगशाला गण्डकी प्रदेशकै गहनाको रुपमा रहेको जनाउँदै मन्त्री थापाले गण्डकी प्रदेश सरकार पोखरालाई खेलकुदको राजधानीको रुपमा स्थापित हुनु पर्छ भन्ने मान्यताका साथ अघि बढेको बताउँदै उनले भने–“खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा समेत भूमिका रहेकोले पनि प्रदेश सरकार खेलकुदको विकासमा प्रतिवद्ध छ ।” खेलकुदमा विभिन्न उमेर समुहमा समेत उत्तिकै आकर्षण बढ्दै गएको प्रति खुसी व्यक्त गर्दै खेलकुद यूवाहरुका माझ मात्रै सिमित नभई सबै उमेरका बिच उत्तिकै लोकप्रिय हुँदै गएको मन्त्री थापाले उल्लेख गरे ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका पाध्यक्ष धोज कुमार गुरूङले पछिल्लो समय भेट्रान्सतर्फका खेलकुद प्रतियोगिताहरु बढ्दै गएको प्रति खुसी व्यक्त गर्दे प्रतियोगिताले यूवा पुस्तालाई समेत खेलकुदमा आकर्षण गर्न संगै खेलकुदको संस्कृती समाजमा अघि बढाउन सहज हुने बताए ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बास्केटबल खेल विकासका लागि यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

संस्थाका अध्यक्ष प्रेम बहादुर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सचिब नविन बहादुर पौडेल क्षेत्रीले समेत आफ्ना भनाई राखेका थिए ।

यहि कार्तिक २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाण्डौका २ टिम, तनहुँको एक र कास्कीको ७ टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । ४० वर्ष भन्दा माथीका खेलाडीहरु सहभागि रहेको प्रतियोगितामा ६३ वर्ष सम्मका खेलाडीहरु विभिन्न टिममा सहभागिता जनाएको सचिव पौडेलले बताए ।

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद ७० हजार र उपबिजेताले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने नविन बहादुर पौडेल क्षेत्रीले बताए । प्रतियोगितामा मष्ट भेलुएबल प्लेयर र हाइएष्ट स्कोररले समेत ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख नगद खर्च हुने आयोजकले जनाएको छ ।

भेट्रान्स खेलकुदका लागि पोखरा ‘हव’को रुपमा रहेको छ । अग्रज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले भरिएको पोखरामा आफूले जिवनमा खेलकुदबाट पाएको शिपलाई भावी पुस्तामाझ बाँड्न र खेलकुदलाई जिवनको प्रमाुख अङ्गको रुपमा बनाइराख्न भेट्रान्सका विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close