
पोखरा ११, वैशाख । आगामी दुई बर्ष पछि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा २०७७ को फागुन २० देखि २७ गतेसम्म नवौं राष्ट्रिय बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । प्रदेश नम्बर ५ को नेपालगन्ज रंगशालामा बुधबार साझँ समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने गरी झण्डा हस्तान्तरण गरिएको हो ।

उक्त समारोहका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बुधबार साँझ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ सहित खेलाडीहरुको टोलीलाई झण्डा हस्तान्तरण गरेका हुन् । कार्यकममा राखेपका सदस्य द्वय राजेशकुमार गुरुङ र अस्मिता गुरुङ लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष श्रेष्ठले झण्डा ग्रहण गरे सगैं अबको दुई वर्षमा करिब ३८ वर्षको अन्तरालमा गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रिय खेलकुद हुने भएको हो । पोखरामा वि.सं २०४० सालमा दोश्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।

विजेता टोलीलाइ पुरस्कार वितरण गर्दै उपराष्ट्रपति पुनले नवौं राष्ट्रय खेलकुद प्रतियोगिता आयोजना हुने प्रदेश गण्डकी प्रदेशलाई समयमै तयारीमा जुट्न आग्रह गरे । पर्यटकीय नगरी पोखरामा केन्द्र हुने गरी खेलपूर्वाधार निमार्णलाई भइरहेकोमा खुसि व्यक्त गर्दै नवौं खेलकुद अझ व्यबस्थित पार्न सवैलाइ समयमै लाग्न उनले अनुरोध समेत गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भए पनि बिशेष कारणले प्रधानमन्त्री कार्यक्रममा सहभागी नहुने भए पछि उपराष्ट्रपति कार्यक्रममा सहभागी भएका हुन् । वैशाख ५ गते राष्ट्रपति बिद्यादेवि भण्डारीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा केही खेलकुदका भौतिक संरचना निमार्ण भएको त केही निमार्णको क्रममा भएकोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने निर्णय गरेको राखेपका सदस्य राजेशकुमार गुरुङले बताए ।
नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदले गर्दा उक्त क्षेत्रमा करिब एक अर्ब बढीको खेलकुदको पुर्वाधारमा लगानी भएको मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताएका छन । गत चैत २७ गते देखि अनौपचारिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता सुरु भएको थियो ।
३ सय ७२ वटा स्वर्ण पदकको लागि भनि खेल पुर्व घोषणा गरे पनि आर्चरी, ट्याथलन, वडिविल्डिङ खुल्ला इभेन्ट भएकोले उक्त पदक र्याङकिङमा नजोडिएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम भएको छ भने पुलिस दोश्रो र एपिएफ तेश्रो प्रदेश नम्बर ३ चौथो र गण्डकी प्रदेश पाचौं भएको छ । आयोजक प्रदेश नम्बर ५ भने छैठौं स्थानमा रहेको छ ।
सम्झनामा दोश्रो राष्ट्रिय खेलकुद । बरिष्ठ फोटो पत्रकार सुदर्शन रंजितले उपलव्ध गराएका केही तस्बिर । यि तस्बिरले राष्ट्रिय खेलकुदको महत्व झल्काउछ ।


