
पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले “१५ औं हिसान कास्की स्पोर्टस मिट सम्पन्न” गर्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेको छ ।
हिसानले एक विज्ञप्ती मार्फत सहयोगी संगै स्पोर्टस मिटमा सहभागि विद्यालय हरुलाई आभार व्यक्त गरेको हो । अध्यक्ष याम बहादुर रोक्काद्वारा जारी विज्ञप्तीमा भनिएको छ–“स्वास्थ्य, अनुशासन र प्रतिभाका लागि खेलकुदू” भन्ने नारासहित आयोजना गरेको १५ औं संस्करणको स्पोर्ट्स मिट २०७९ उल्लासपूर्ण वातावरणमा सम्पन्न भएकोमा सहयोगी संस्था तथा सहभागि विद्यालय र सहभागि खेलाडीहरुमा आभार व्यक्त गर्दछु ।”
स्पोर्ट्स मिट सम्पन्न गर्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, त्यस्तै समापन समारोहमा प्रमुख अतिथिको भूमिका उपस्थित गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङप्रति पनि आभार प्रकट गरिएको छ ।
त्यसैगरी हिसान केन्द्रका अध्यक्ष रमेश सिलवाल, कार्यक्रमका मुख्य प्रायोजक माइ सेकेन्ड टिचर, प्रदेश खेलकुद मन्त्रालय, बेकन एजुकेसन कन्सन्टेल्सी एन्ड भिसा सेन्टर, कपी लिङ्क, अटो वेज प्राली, पोखरा, एजुकेशन लिंक, पोखरा, पि.इ.ए. पोखरा प्रति विशेष आभार प्रकट गरिएको छ । प्रतियोगिता सफल बनाउन भूमिका खेल्ने विभिन्न सञ्चार माध्यमहरु, पत्रकारहरू, कार्यक्रममा विशेष सहयोगी भूमिका निर्वाह गर्ने सबै खेलका अफिसियलहरू, खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरू, सुरक्षाकर्मीहरू, स्वास्थ्य सेवा प्रदान गर्ने सङ्घसंस्था र स्वास्थ्यकर्मीहरू, विभिन्न विद्यालयका संस्थापक, प्राचार्य, खेल शिक्षक, खेलाडी विद्यार्थीहरूप्रति पनि धन्यवाद तथा आभार प्रकट गरिएको छ ।
साथै खेललाई अवलोकन गर्ने दर्शक तथा सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई समेत धन्यबाद तथा आभार प्रकट गर्दै आउँदा संस्करणमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको छ ।
पोखरा रंगशालामा गत पुष ६ गतेबाट १० गते सम्म सञ्चालन भएको भएको १५ औं हिसान कास्की स्पोर्टस मिट अन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलो पटक उपाधि जितेको थियो ।
स्पोर्टस मिटमा हिसान कास्कीमा आवद्ध ६० विद्यालय तथा विभिन्न विश्वविद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल, बास्केटबल, व्याडमिन्टन र टेबुल टेनिस गरी चार खेलमा ३ हजार ५ सय भन्दा वढि खेलाडीहरुले सहभागिता जनाएका थिए ।

Greatful