महिला भलिवलमा बागमतिलाई कास्य, गण्डकी पराजित

पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा बागमति प्रदेश तेस्रो भएको छ ।

म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति तेस्रो भएको हो ।

बागमतिले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो ।

विभागीय टिम शसस्त्र प्रहरी र नेपाल पुलिस क्लवबीच दिउँसो १ बजे फाइनल खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सशस्त्रले बागमति र पुलिसले गण्डकीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close