फिफा विश्वकप खेलेका खेलाडी पहिलो पटक पोखरामा, कस्तो होला उनीहरुको खेल ?

पोखरा स्पोर्टस /सुरज श्रेष्ठ । फुटबलको पारखीहरुले पोखरा रंगशालामा विश्वकप र युरोकप जस्ता ठुला प्रतियोगितामा सहभागिता जनाईसकेका खेलाडीको प्रत्यक्ष खेल हेर्न पाउने भएका छन् ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा आउँदो पुषको १३ गते पोखरा रंगशालामा फुटबल प्रतियोगिता प्रत्यक्ष हेर्न पाउने भएका हो । फिफा विश्वकपमा आफ्नो चम्तकारिक प्रदर्शन गर्ने ति खेलाडीहरुको खेल कस्तो होला यतिबेला सबैको जिज्ञासा समेत बनेको छ ।

यो मैत्रीपुर्ण खेललाई सभ्य र भव्य रुपमा सफल पार्न सके स्पेनका चर्चित खेलाडीहरुलाई वर्षमा एक पटक मैत्रीपुर्ण फुटबल खेलको लागि नेपाल भित्राउने उनीहरुको योजना छ । उनीहरुले आयोजना गर्ने यो मैत्री पुर्ण फुटबल खेलका लागि ख्याती प्राप्त खेलाडी आउनु भनेको नेपालको फुटबलले फड्को मार्नेछ । त्यो संगै नेपालको बारे एउटा मात्र राम्रो कुराको टिवईट गरिदिंदा पनि पर्यटन प्रबर्द्धनमा सहयोग पुग्नेमा कुनै शंका छैन ।

प्रतियोगितामा स्पेनको काथेरेन्यो फुटबल क्लब र गण्डकी ११ बिच प्रतिस्पर्धा हुनेछ । स्पेनको काथेरेन्यो क्लबबाट स्पेनका पुर्व राष्ट्रिय खेलाडी मिगुएल क्यारिलेरो गोन्जालेज र म्यानुएल सान्चेजको सहभागिता हुने पक्का भई सकेको छ । मिगुएल क्यारिलेरो गोन्जालेज जसलाई मिशेल भनेर चिनिन्छ उनी स्पेनका पुर्व राष्ट्रिय खेलाडी हुन । उनले १५ वर्ष सम्म व्यवसायि फुटबल खेले । हाल उनी प्रवन्धक छन ।

त्यस्तै म्यानुएल सान्जेज स्पेनको राष्ट्रिय टीमबाट विश्वकप खेल्ने खेलाडी हुन । उनी पनि स्पेन राष्ट्रिय टीमका स्ट्राइकर हुन । उनी स्पेन राष्ट्रिय टीमको १६,१८ र २३ वर्ष मुनिका राष्ट्रिय टीमका खेलाडी हुँदै स्पेनको टीमबाट सन १९९० मा विश्वकप खेल्ने खेलाडी समेत हुन । उनीहरु संगै स्पेनका डेभिड भिल्ला,कासिलास र अन्य चर्चित खेलाडीहरु पनि आउने कुरा छ ।

डेभिड भिल्ला र कासिलासको डकुमेन्ट मिलाउन पर्ने भएकोले आउने नआउने पुस ६ गते थाहा हुने महासचिव एकराज गिरिले बताए ।

शान्तिका लागि फुटबल खेल भन्न मुल नाराका साथ आयोजना हुन गई रहेको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा गण्डकी ११ को तर्फबाट फुटबलका पुर्व राष्ट्रिय कप्तान अनिल गुरुङको कप्तानीमा टीम मैदानमा उत्रने छ ।

मैत्रीपुर्ण खेलको लागि गण्डकीबाट १८ जना छनोट गरि सकेको र अन्य केहि खेलाडीहरु पनि आज भोलि नै छनोट गरेर सार्वजनिक गर्ने अनिल गुरुङले बताए ।

लुम्बिनी गार्डेन फाउन्डेसन शान्तिका लागि गौतम बुद्धको सन्देश संसारभर छर्ने उद्धेश्यले स्पेनमा विदेशी र नेपाली समुदायहरुले स्थापना गरेको गैर नाफा मुलक सामाजिक संस्था हो । रसिया र यक्रेनका कारण तेस्रो विश्व हुने हो कि भनेर विश्व भरि नै शान्तिको सन्देश फैलाउन गौतम बुद्धको जन्म भूमि बाटै शुरुवात गर्ने योजनाले यो मैत्रिपुर्ण खेल आयोजना गर्न लागेको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवदी बताए ।

यो मैत्रीपुर्ण खेललाई सभ्य र भव्य रुपमा सफल पार्न सके स्पेनका चर्चित खेलाडीहरुलाई वर्षमा एक पटक मैत्रीपुर्ण फुटबल खेलको लागि नेपाल भित्राउने उनीहरुको योजना छ । उनीहरुले आयोजना गर्ने यो मैत्री पुर्ण फुटबल खेलका लागि ख्याती प्राप्त खेलाडी आउनु भनेको नेपालको फुटबलले फड्को मार्नेछ । त्यो संगै नेपालको बारे एउटा मात्र राम्रो कुराको टिवईट गरिदिंदा पनि पर्यटन प्रबर्द्धनमा सहयोग पुग्नेमा कुनै शंका छैन ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close