‘रुट अफ नेपाल तेक्वान्दो’ पुस्तक विमोचित

पोखरा स्पोर्टस । नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका जे के सिनद्वारा लिखित ‘रुट अफ नेपाल तेक्वान्दो’ नामक पुस्तक शनिबार विमोचन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, पूर्व मन्त्री किसान श्रेष्ठ, पूर्व मन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले संयूक्त रुपमा एक कार्यक्रमबीच पुस्तक विमोचन गरेका हुन् ।

सम्पन्न कार्यक्रम सिनका चेलाहरु रत्न पुन, चन्द्र गुरुङ, इन्द्र गुरुङ र डा. सुधा सेन मल्लले आयोजना गरेका हुन् ।

कार्यक्रमका वक्ताहरुले नेपाली तेक्वान्दोको विकास र विस्तारमा सिनको ठूलो योगदान रहेको बताउदै तेक्वान्दोका ऐतिहासिक व्यक्तित्वको पुस्तक विमोचन गर्न पाउनु गर्वको विषय धारणा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close