
केशब पाठक / पोखरा । कोराना प्रभावका कारण पोखरामा रहेका जिम सेन्टरहरुको करिव २ अर्वको लगानी जोखिममा परेको छ भने खेलाडी समेत मर्कामा परेका छन् ।
सरकारले जिम सेन्टरहरुलाई समेत कोरोना सक्रमण हुने स्थानको रुपमा चित्रण गर्दै वन्द गर्न भनेपछि पोखराका विभिन्न जिम सेन्टरहरुमा भएको लगानी जोखिम परेको हो । २०७६ चैतबाट वन्द भएका पोखराका जिमहलहरु सञ्चालन हुन सकेका छैनन । पोखरामा सञ्चालित करिव ४१ वटा जिममा लगानी भएको २ अर्व लगानी सँगै यहाँ कार्यरत श्रम शक्ती समेत जोखिममा परेको व्यवसायीहरुले बताएका छन । जिम हलमा जाने र शारिरिक व्ययाम गर्नेको सँख्या बढे सँगै पोखरामा २ वर्ष यता जिम सेन्टरहरु खोल्ने र त्यसमा लगानीगर्नेहरुको सँख्या समेत ह्वात्तै बढेको हो ।
त्यती मात्रै होइन यि जिमहरुमा दैनि जसो शरिर स्वस्थ्य राख्न आउने पोखरामा करिव १५ हजार मानिसहरु समेत प्रभावित वनेको र उनीहरु यति वेला घरमानै वस्न बाध्य भएको नेपाल वडी विल्डिङ संघका उपाध्यक्ष नुना गुरुङले बताए । राज्यले कोरोनाको कारण देखाउँदै जिमहलहरु वन्द गरेपछि अव सबै व्यवसायी सडकमा आउनुपर्ने वाध्यता रहेको उपाध्यक्ष गुरुङले बताए । “जुन चिजले कोरोना सँग लड्न सक्ने क्षमता वढाउने काम गथ्र्यो त्यो नै वन्द गरेर व्यवसायीलाई सडकमा ल्याउने काम भएको छ”, उनले भने–“केही उपाय गरेर सञ्चालन गर्न सकिन्थ्यो, न त प्रशासनले कुनै निर्देशन दियो न त सुझाव नै, करौडौं लगानी गर्ने व्यवसायीलाई अपराधीको व्यवहार गर्दै पक्रने समेत काम समेत भएको छ ।”
अहिले कोरोनाका कारण मर्ने भन्दा पनि अहिले जिम हलहरु वन्द गरेर रोगले मार्ने काम गरेको भन्दै उपाध्यक्ष गुरुङले समस्या समाधानका धेरै उपायहरु हुँदा हुँदै पनि सवैलाई सरकारले कोठामा थुनेर मार्ने काम मात्रै गरेको आरोप लगाए । जिमलाई मात्रै नभई सबै वन्द भएका व्यवसायलाई नियम बनाएर सञ्चालन गर्न अनुमती दिन र मारमा परेका व्यवसायीलाई राहत दिन उनले आग्रह गरे । “लगानी त डुव्यो डुव्यो वैंकको ताकेता सँगै आफ्नो घरवास समेत जोखिममा पर्यो”, हाम्रो कुरा कसले सुन्ने ?” उनले प्रश्न गर्दै भने ।
जिमको समस्यालाई केही पनि समस्या होइन भने जस्तै गरि प्रशासनले वन्द गराउँदा लगानी जोखिममा परेको बताउँछन व्ययाम व्यवसायी संघ कास्कीका सचिब बलराम सुवेदी । करिव २ करोडको लगानीमा पोखराको वगरमा जिम सञ्चालन गर्ने सुवेदी कोरोनाकै कारण उनको व्यवसाय ठप्प रहेको छ । करिव ६ महिना देखि वन्द भएको उहाँको जिम सेन्टरको लगानी डुवै सँगै अव कसरी अगाडी वढ्ने भन्ने बारे आफुले सोच्न समेत नसकेको बताउछन । उनले भने–“घर परिवार स्टाफ सबै यहि व्यवसायले धानी राखेको अवस्था थियो तर अहिले सवै चौपट नै भएको छ ।”
अहिलेको समस्या थेगि नसक्नु भएको बताउँदै सचिब सुवेदीले जिम खोल्न आफ्ना अवधारणा पत्र राज्यलाई वुझाई सकेको भए पनि राज्यको तर्फवाट कुनै चासो नदिनुले दुःख लागेको बताए । जिमलाई मनोरञ्जन र भिडभाड हुने स्थलको रुपमा चित्रित गरेर स्वस्थ्य जिवन जिउँछु भन्ने नागरिकहरुको अधिकार समेत खोसिएको उनले बताए । “देश बनाउँछु भन्ने नेताहरुले आफ्नो स्वास्थ्य समेत बनाउन नसकेको र स्वास्थ्यलाई लापरवाही ढङको वुझाईले पनि जिमहलहरु समस्यामा पारेका छन” उनले भने–“जिमलाई मनोरञ्जनको क्याटोगरीमा राख्नु र छँदा खाँदाको व्यवसायमा नै राज्यले धरापमा पार्न हुँदैन ।”
पोखराको वडा नं ५ मा जिमहल सञ्चालन गरिरहेका जिम हलका सञ्चालक तथा संघका कोषाध्यक्ष कमल भण्डारीले अहिले फिटनेस के हो भन्ने कुरा राज्यको वुझाईको कमिले व्यवसाय नै धरापमा परेको बताए । “अहिले व्यवसाय मात्रै धरापमा छैन यहाँ काम गर्नेहरुको परिवार समेत धरापमा परेका छन”, उनले भने । कोरोनाको के हो भन्ने वुझाईको कमिले गर्दा पनि जिमहलहरु वन्द गराइएको बताउँदै यहाँ कोरोनाका कारण भन्दा पनि अन्य रोगका कारण मर्नेको सँख्या बढेको बताउँदै व्ययामशाला बन्द गराएर स्वस्थ्य जिवन वाँच्न चाहनेहरुको अधिकार समेत कुञ्ठित पारेको उनको भनाई छ ।
कोरोनाका कारण अरुको व्यवसायलाई धरापमा पार्नु भन्दा पनि सवैलाई बचाउन आग्रह गर्दै कोषाध्यक्ष भण्डारीले कोरोनालाई महामारीको रुपमा प्रस्तुत गरेर व्यवसायलाई धरापमा पर्न नहुने तर्क पेश गर्दै भने –“व्यवसाय त्यसै पनि धरापमा परेको छ, घरभाडा सँगै यहाँ काम गर्ने मजदुरहरुको समस्या चुलिँदै गएको छ, एक जना सँग सयौंको जिवन गाँसिएकोले अव राज्यले हामीलाई सञ्चालन गर्ने अनुमती दिनुपर्छ ।”
कास्की वडी विल्डङ तथा फिटनेश संघका अध्यक्ष राजु थापा कोरोनाका कारण फिटनेशहरु धरापमा परेको सयौँ खेलाडीहरुमा समेत मारमा परेको बताए । “अर्वौको लगानी सँगै ट्रेनर लगाएत खेलाडी समेत समस्यामा परेका छन” उनले थपे–“यसलाई खेलकुदको रुपमा वुझ्न र मदर गेमका रुपमा रहेको फिटनेस सेन्टरहरु स्वास्थ्यका प्रोटोकलहरु लागु गर्दै सञ्चालन गर्न दिन आवश्यक छ ।” धेरै युवाहरुको आर्कषणको रुपमा रहेको फिटनेश सेन्टर वन्द हुँदा युवाहरुमा डिप्रेशन आउन थालेको बताउँदै निजी क्षेत्रको लगानीलाई डुव्न नदिन सरकारले सोच्न उनले आग्रह गरे ।
कोरोनाका कारण पोखरामा हरेक दुई वर्ष देखि सञ्चालन हुँदै आएको वुल्स म्यान च्याम्पियनशिप, मिष्टर माछापुच्छ्रे लगाएत अन्य आधा दर्जन भन्दा वढी प्रतियोगिता समेत प्रभावित भएका छन । पोखरामा सञ्चालित जिमहलबाट निस्कने दर्जनौ खेलाडीहरु सहभागीहुने प्रतियोगिताहरु समेत प्रभावितहुँदा खेलाडी समेत मर्कामा परेको संघका कोषाध्यक्ष थापाले बताए ।
