काठमाडौंमा किन्डर ओलम्पिक हुने

पोखरा स्पोर्टस । आगामी पुष महिनामा काठमाडौंको दशरथ रंगशालामा ’१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ ।

आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा विगत १० वर्ष देखि नियमित रुपमा संचालन हुंदै आइरहेको सो खेल उत्सब यो वर्ष पुष २ र पुष ९ गते आयोजना हुंदैछ। 

प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता छ ।

प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ । त्यसमा नर्सरी, युकेजी, एलकेजीका साढे २ वर्ष देखि साढे ५ वर्षसम्मका साना खेलाडिहरुले भाग लिने आयोजक एकताका सदस्य विद्या श्रेष्ठले आज बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगितामा झन्डै १४ सय साना खेलाडिहरु समावेश हुने जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको आयोजना गरेको बताइन् ।

उनले भनिन् – ‘खेलकुद प्रतिको रुची सानै देखि वढाउने, बच्चाहरुको शारीरिक विकास र सहभागिता नै ठूलो हो भन्ने सन्देश यो १० वर्षको आयोजनामा हामीले दिन सफल भएका छौं ।’

हजार वढीविद्यार्थीहरु एउटै खेल थलोमा प्रतिस्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजक सदस्यहरु बताउछन् । प्रतियोगिता सन् २०१२ देखि निरन्तर रुपमा आयोजना हुंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close