
पोखरा, आहा ! रारा गोल्ड कपको १८ औं संस्करणको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज विरुद्ध सहाराले सहारा एकेडेमीमा आश्रित तथा फुटबल प्रशिक्षणमा रहेका ६ जनालाई मैदानमा उतारेको थियो ।
पहिलो पटक राष्ट्रियस्तरको क्लव संग मैदानमा उत्रिएका खेलाडीहरुमा अभिषेक राना, अनिष लिम्बु, कमल सेढाई मगर, जिवन रायमाझी, प्रमिश गुरुङ र शिसिर क्षेत्री रहेका थिए ।
६ जना खेलाडी मध्ये ४ जनालाई प्रशिक्षक विष्णु गुरुङले पहिलो लाइन अपमा मैदानमा उतारेका थिए । पहिलो पटक मैदान उत्रिएका जिवन रायमाझीले दुई वटा पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।
एकेडेमीमा आश्रितहरु तेश्रो व्याचका बालकहरुले पहिलो पटक कुनै पनि ठूलो क्लब स्तरिय प्रतियोगितामा सहभागिता जनाएको पहिलो पटकनै हो ।
सहारा एकेडेमी सहभागी टिमले पहिलो खेलमानै जित दर्ता गरे पछि सहारा क्लबले यसलाई ठूलो उपलव्धी मानेको छ । हाल एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन ।
