श्वेताले जितिन बिश्व शारीरिक सुगठनमा रजत पदक

पोखरा स्पोर्टस । थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न सफल भएकी छिन् । पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विद्यामा पदक जित्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले बताएका छन् ।

यस पदका साथै नेपालले सहभागिता जनाएको पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ । शुक्रबार सम्पन्न प्रतिस्पर्धामा पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जितेका थिए ।

थााईल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिप महिला मोडल फिजिक्स तर्फ फाईनल प्रवेश गर्ने क्रममा १० प्रतिष्पर्धी विचबाट उत्कृष्ट ५ मा पर्दै फाईनल प्रवेश गरेकी कपालीले तीन प्रतिस्पर्धी हंगेरी, थाईल्याण्ड तथा मंगोलियाकी खेलाडीहरुलाई उछिन्दै दोश्रो स्थान प्राप्त गर्न सफल भएकी थिईन् । यस विधामा हंगकंग चाइनाकी तु सुयत यान पहिलो हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिईन् ।

संघका अध्यक्ष राजेश बाबु श्रेष्ठको नेतृत्वमा थाइल्याण्ड गएको टोलीमा प्रशिक्षकमा बिश्व शारीरिक सुगठनका रजत तथा कास्य पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय रहेका छन् । यस्तै निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close