‘छैटौं टुर डि पोखरा’ सफल बनाउन खेलकुद संघहरु संग छलफल

पोखरा स्पोर्टस । छैटौं टुर डि पोखरा सफल बनाउन विभिन्न खेलकुद संघहरु संग छलफल गरेको छ ।

टुर डि पोखराको आयोजक सइकल सिटी पोखराले शनिबार पोखरा रंगशालामा छलफल कार्यक्रम आयोजना गरेको हो । पोखरा महानगर पालिकाको सहकार्यमा आयोजना हुने टुर डि पोखरा अन्तर्गत पुष ६ गते पोखरामा साइकल दौड प्रतियोगिता, पुष ७ गते बागलुङ कालिका मन्दिर देखि पोखराको विन्द्ययबाशिनी मन्दिर सम्म साइकल  र्‍याली र पुष ९ गते पोखरामा १९ किमि स्लो साइकल रेस आयोजना हुदैंछ ।

‘छैटौं टुर डि पोखरा’ सफल बनाउन आग्रह गर्दै कार्यक्रमका संयोजक एवम साइकल सिटीका उपाध्यक्ष राजन गोङजुले साइकल संस्कृतिको विकासले पोखरालाई खेलमैत्री संगै वातावरणलाई समेत स्वच्छ बनाउन भूमिका खेल्ने बताए । “यो कार्यक्रमका लागि मात्रै आयोजना भएको होइन” उनले भने–“पर्यटनको प्रवर्द्धन, इन्धनको बचत, खेलकुदको विकास र वातावरणको स्वच्छताको अभियान यसमा रहेको छ ।” उनले सवै खेल संघहरुलाई ‘छैटौं टुर डि पोखरा’ सफल बनाउन समेत आग्रह गरे ।

कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा हुने ‘छैटौं टुर डि पोखरा’ अन्तर्गत पुस ७ गते बागलुङ कालिका मन्दिर देखि पोखराको विन्द्ययबाशिनी मन्दिर सम्म आयोजना हुने ७२ किमि साइकल  र्‍यालीमा १ सय भन्दा वढिले आफ्नो नाम दर्ता गराइसकेको साइकल सिटीका अध्यक्ष अभिषेक बास्तोलाले जनाएका छन् ।

पुस ६ गते हुने पोखरा महानगर मेयर कप साइकल दौड प्रतियोगिताका लागि खेलाडीहरुको नाम संकलन भइरहेको छ । पुस ९ गते पोखराको नयाँबजार प्रदर्शनी केन्द्रबाट सुरु हुने १९ किमि स्लो साइकल रेस पोखरा नगरको विभिन्न भागमा परिक्रमा गरी सोही स्थानमा पुगेर सम्पन्न हुने अध्यक्ष बास्तोलाले जानकारी दिए । सोही दिन रक्तदान लगायत सांगेतिक कार्यक्रमहरु समेत हुनेछन् ।

छलफल कार्यक्रममा कास्की साइकल संघका अध्यक्ष शंकर भण्डारी, साइकल सिटीका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले समेत टुर डि पोखराको विभिन्न पक्षबारे जानकारी गराउँदै कार्यक्रमलाई सफल बनाउन सबैलाई आह्वान समेत गरेका छन् । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, लेखा प्रमुख डिबी नेपाली लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close