प्याब्सन स्पोर्टस मिट : सिनियर र जुनियरतर्फ फुटबल प्रतियोगिता जारी

पोखरा स्पोर्टस । ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिताहरु जारी रहेका छन् ।

निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत बिहिबार दोश्रो दिन फुटबलका प्रतिष्पर्धाहरु जारी रहेका हुन् । बिहिबार प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् ।

सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियरतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा रेन्वो एकेडेमीले कन्चनजंगालाई ३–० ले पाखा लगाउँदा शान्ती दिपले कुमुदिनी होम्सलाई ४–१ गोलले पराजित गरेको छ । त्यसै गरी टप्सले हावर्डलाई ५–१ ले, तारा कुञ्जले सनफ्लावरलाई ३–० ले, पोखरा पव्लिकले डिजनी ल्याण्डलाई २–१ ले पराजित गरेको छ ।

सिनियरतर्फनै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा एकेडेमीले धौलागिरीलाई ४–० गोलले, बाल प्रभातले सबलाइमलाई ४–० ले, शान्ती निकुञ्जले गुरुकुललाई ७–० को भारी गोल अन्तरले पराजित गरेको छ । त्यस्तै सृजना र फिसटेल एकेडेमीको खेल भने टाइ व्रेकरमा सकिएको छ । निर्धारित समयमा १–१ गोल भए पछि टाइव्रेकरमा सृजना बोर्डिङले ५–४ ले आफ्नो खेल जितेको छ ।

त्यसै गरी जुनियर तर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा पारामाउण्टले तारा कुञ्जलाई २–१ ले, गुरुकुलले बाल कल्याणलाई ७–० ले, रेन्वोले सवलाइमलाई ५–० ले, सगरमाथाले स्टेप वाई स्टेपलाई ४–० ले पराजित गरेको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् ।

यता जुनियरतर्फको एक अर्को खेलमा पोखरा स्पाइरलले पोखरा लनर्सलाई ५–० ले पराजित गरे पनि पोखरा लनर्सले खेलाडीको विषयलाई लिएर प्रोटेष्ट हालेको थियो । छानविन पश्चात स्पाइरललाई आयोजकले २० हजार नगद सहित एक वर्षका लागि प्याव्सनको कुनै पनि गतिविधीमा सहभागि हुन नपाउने गरी निलम्वन गरिएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । न्यायिक समितिको छानविन पछि भएको निर्णय बारे जानकारी दिंदै स्पाइरल विरुद्ध अप्रिय निर्णय लिन परेको बताउँदै चिन्ता समेत व्यक्त गरे ।

त्यस्तै नेपाल आदर्श खेल मैदानमा जुनियरतर्फको खेलमा हिल पोइन्टले अल्फालाई ३–० ले, केफले डायमण्डलाई २–१ ले, कुमुदिनीले फिसटेललाई ३–१ ले, शान्तीदिपले बेथानीलाई ३–१ ले र हाभर्डले लेखनाथ विभुतीलाई ४–० ले पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरेको

१७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका ।

प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्याब्सन कास्कीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close