इक्वेस्ट्रियन संघले प्रशिक्षक उत्पादनका लागि तयारी सुरु गर्दै

पोखरा स्पोर्टस । नेपाल इक्वेस्ट्रियन एसोसिएसन (नेपाल घोडचढी संघ)ले प्रशिक्षकहरु उत्पादन गर्ने गरी अघि बढ्ने भएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष रवीराज कर्णिकारले उक्त कुराको जानकारी दिएका हुन् । शनिबार संघको अधिवेशन सकिए लगतै पोखरा स्पोर्टस संग कुरा गर्दै संघले अब चाँडै नै प्रशिक्षकहरु उत्पादन गर्ने गरी कार्यक्रमको तयारी थाल्ने बताए । उनले भने–“नेपालमा इक्वेस्ट्रियन खेलको निकै सम्भावना छ । हामी संग खेलाडीहरु पनि छन् । खेलका लागि सबै वातावरण पनि छ तर हामी संग प्रशिक्षकहरुको अभाव छ ।”

एसियन इक्वेस्टेरियन फेडरेशन (एइएफ) र अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन फेडरेशन (एफआईआई)को सदस्यता समेत प्राप्त गरिसकेको संघलाई अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न चुनौतीको रुपमा रहेको बताउँदै अध्यक्ष कर्णिकारले सबै प्रदेश र जिल्लाहरुमा प्रशिक्षकहरु उत्पादन गरी यूवा खेलाडी उत्पादनमा अघि बढ्ने बताए । “हामीले सम्भावना भएका जिल्ला र प्रदेशहरुमा प्रशिक्षकरुह उत्पादन गर्ने तयारी गदैछौं । यसबाट हामीले योग्य र क्षमतावान प्रशिक्षकहरुबाट खेलाडी उत्पादन गर्ने हाम्रो उद्धेश्य पुरा हुनेछ”–उनले भने ।

प्रशिक्षणका लागि विदेशी प्रशिक्षक निमन्त्रणा गर्ने गरी संघले तय गरेको बताउँदै अध्यक्ष राजकर्णिकारले यसका लागि राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटि संग समेत समन्वयका लागि आग्रह गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close