आठौं धारा नेपालगन्ज म्याराथनमा ज्ञान खाद्यान्नको सहप्रायोजन

पोखरा स्पोर्टस । यही मंसिर २४ गते शनिवार हुने आठौं धारा नेपालगन्ज म्याराथनमा केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले सहप्रायोजन गरेको छ । धारा शुद्ध तोरीको तेल समेत केएल दुगड ग्रुपकै उत्पादन मध्येको एक हो ।

विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)मा पुर्णकालीन सदस्यता प्राप्तिसँगै डाइरेक्ट्रीमा सुचिकृत भएपछि नेपालको प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपले ज्ञान खाद्यान्नलाई समेत समावेश गर्दै लामो यात्रा तय गर्ने संकेत गरेको छ । ज्ञानको नामबाट पिठो, चामल लगायत गुणस्तरीय खाद्यपदार्थ बजारमा उपलब्ध छन् ।

यसपटक दुई दिने कार्यक्रम गरी नेपालगन्ज म्याराथन आयोजना गरिंदैछ । पहिलो दिन शुक्रवार दिउँसोदेखि रातिसम्म उपमहानगरपालिका परिसरमा बिभिन्न बिषयमा मन्थनका साथै स्वादको सहरका रुपमा चिनाउने कार्यक्रम समेत हुनेछ । साथै कवि गोष्ठी र मुसायरा पनि हुनेछ । शनिवार बिहान ७ बजे म्याराथन आरम्भ हुनेछ । ‘उत्पादनको व्यवसायिक प्रवद्र्धनमात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत पनि हामीले नेपालगन्ज म्याराथनलाई उच्च प्राथमिकता दिएका छौं ।’ केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले भने–‘नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रियकरण एवं उचाइ लिदै गएकोमा हामीले निकै महत्वका साथ हेरेका छौं, हाम्रा ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडले अझ महत्वका साथ लिनुभएको छ, हामी निरन्तर साथमा रहनेछौं ।’

हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

एक दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भइ राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन(मंसिर ५)लाई स्मरण गर्दै आठ बर्षअघि नेपालगन्ज म्याराथन आरम्भ भएको थियो । ‘मुलुक शान्ति यात्रातर्फ त्यसैदिनदेखि प्रवेश गरेको हाम्रो बझाई हो ।’ संस्थापक÷अध्यक्ष टीएस ठकुरीले भने–‘यस ऐतिहासिक दिनलाई सबैले स्मरण गर्नुपर्छ, म्याराथन जस्ता धेरै गतिविधि आयोजना गर्न नेपालीलाई त्यही दिनदेखि आशा जगाएको हो ।’

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close