पोखरा म्याराथनलाई पोखरेली मञ्च युकेले सहयोग गर्छ–अध्यक्ष गुरुङ

पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पोखरेली मञ्च यूकेले सहयोगलाई निरन्तर जारी राख्ने पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले बताएका छन् ।

पोखरा म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरुको भेटघाटमा उनले सो प्रतिवद्धता जनाएका हुन् । पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर समेत रहेको पोखरेली मञ्च यूकेले विगत ५ वर्ष देखि सहयोगलाई निरन्तरता दिंदै आएको छ ।

युकेबाट हालै कर्मथलो नेपाल आएका अध्यक्ष गुरुङलाई मञ्चले स्वागत गर्दै पोखरा म्याराथनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोगका लागि आग्रह गरेको थियो ।

सो अवसरमा आफ्ना भनाई राख्दै अध्यक्ष गुरुङले पोखरा म्याराथन आफैमा एक महत्वपूर्ण खेलकुद कार्यक्रम मात्रै नभई मुलुकको पर्यटन विकास र समृद्धिका लागि समेत उत्तिकै प्रभावकारी रहेको बताए ।

अध्यक्ष गुरुङले पोखरा म्याराथनको सफलताको शुभकामना व्यक्त गर्दै भने–“युकेमा बस्ने पोखरेलीहरु मात्रै पोखरा भन्दा बहिरी जिल्लामा नेपालीहरु समेत पोखरा म्याराथनको आयोजना प्रति निकै उत्सुक रहेको मैले पाएको छु । हरेक वर्ष पोखरा म्याराथनको निरन्तरताले पनि सबैलाई उत्साह जागेको छ । हामी युकेमा छरिएर रहेका नेपालीहरु १८ औं सस्करणको भव्य सफलताका लागि सहयोग गर्न आतुर छौं ।”

सो आवसरमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरेली मञ्च युकेको सहयोगको निरन्तरताका लागि आभार प्रकट गर्दै युकेमा छरिएर रहेका नेपालीहरुलाई पोखरा म्याराथनको पर्वको दिन पोखरा आउन पोखरेली मञ्चमार्फत निमन्त्रणा गरे । उनले भने–“यो खेलकुदको विशेष पर्व हो । हामी युकेमा छरिएर रहेका नेपालीहरुलाई फागुन ५ गते पोखरा आउन हार्दिक निमन्त्रणा गर्दछु ।”

पोखरा म्याराथन यहि फागुन ५ गते आयोजना हुँदैछ । पोखरा म्याराथनमा १५ हजार भन्दा वढिको सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close