आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिताको उपसमिति गठन

पोखरा स्पोर्टस । २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विभिन्न उपसमिति गठन गरिएको छ ।

आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन भए भने मूल आयोजक समिति सदस्यसचिवमा क्लब महासचिव रामजीप्रसाद अधिकारी छन् ।

यस्तै, अर्थ संकलन समिति संयोजकमा सुनिल गुरुङ, प्रचारप्रसारमा दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालन संयोजकमा प्रकाश शेरचन, शन्तिसुरक्षामा खेमबहादुर गुरुङ, खेलमैदान व्यवस्थापनमा तोरणबहादुर बानियाँ, आवास व्यवस्थापनमा मुछेत्र गुरुङ, अतिथि सत्कारमा गणेशबहादुर भट्टराई, मञ्च व्यवस्थापनमा शम्भु कार्की संयोजक छन् ।

यसैगरी, प्राथमिक उपचार व्यवस्थापन संयोजकमा डा.रवीन्द्रप्रसाद श्रेष्ठ, लियाजन उपसमितिमा खड्कबहादुर रानाभाट, यातायातमा योगेन्द्रबहादुर केसी, संघसंस्था समन्वय टीकाबहादुर कार्की, सहभागी टिम सम्पर्कमा विक्रम थकाली, आयोजक टिम तयारीमा वीरभद्र आचार्य, प्राविधिक एवं अनुशासनतर्फ बसन्त थकाली, शिल्ड मेडल ट्रफी प्रमाणपत्र व्यवस्थापनमा पूर्णबहादुर गुरुङ, सचिवालय व्यवस्थापनमा केशवबहादुर थापा, अन्तर्राष्ट्रिय शाखा समन्वयमा दीपक गुरुङ संयोजक चयन भएको क्लवले जनाएको छ ।

अनुगमन समिति संयोजकमा महेश गुरुङ, सहसंयोजकमा नारायण कार्की र उपसंयोजकमा तेजबहादुर गुरुङलाई चयन गरिएको प्रचारप्रसार संयोजक एवं क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आगामी पुस १४ देखि सो प्रतियोगिता हुँदैछ । लगातार मुख्य प्रायोजक हिमश्री फुड्सले आगामी २०८८ सम्मका लागि हालै पुनः नवीकरण सम्झौता गरेको छ ।

पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको सहारा क्लब पोखरा मोफसलको चर्चित क्लब हो । यो क्लब दुई दशकदेखि फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close