पोखरामा ‘नेसनल प्याब्सन खेलकुद महोत्सव’ अन्तर्गत फुटवल खेल शनिबार देखि

पोखरा स्पोर्टस । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भोलि (शनिबार) देखि फुटवल प्रतियोगिता सुरु हुने भएको छ ।

औपचारिक रुपमा यही मंसिर २० गते देखि पोखरामा १३ औं संस्करणको नेसनल प्याब्सन खेलकुद महोत्सव हुने भए पनि अनौपचारिक रुपमा भने शनिबार देखि सिनियर छात्रतर्फ फुटवल र जुनियर छात्रतर्फ सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको हो ।

पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदान र गण्डकी प्रदेश प्रहरी गण ड्यामसाइडमा सिनियर तर्फको फुटवल खेल शनिबार विहान करिब ७ः३० बजे देखि सुरु हुने भएको फुटवल खेल संयोजक राजु केसीले जनाएका छन् । उनका अनुसार जुनियर तर्फको फुटवल खेल भद्रकालिको माछापोखरी खेल मैदानमा हुने भएको छ ।

शनिबार देखि मंसिर १९ गतेसम्म दैनिक ५/६ वटा खेलहरु हुने भएको सह–कृयाकलाप संयोजक समेत रहेका केसीले जनाए । प्रतियोगितामा छात्र सिनियर तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको उनले बताए । पोखरा रंगशालामा शनिबार विहान बड्स एकेडेमी र नेश्नल क्रियसन बिच पहिलो खेल हुने भएको छ । जुनियर तर्फको पहिलो खेल भने कास्की मोर्डनाइज्ड एकेडेमी र सिद्धिविनायक बोर्डिङ स्कुल बिच खेल हुने भएको हो ।

मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सनका अध्यक्ष हेमन्त अधिकारीले बताए । “एन प्याब्सन कास्कीको मान्यताः विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त महोत्सवले विद्यार्थीको सर्वाङ्गि विकासको लागि खेलकूद अपरिहार्य रहने अधिकारीले बताए ।

उक्त महोत्सवमा छात्र तथा छात्रा तर्फको एथ्लेटिक्स, पुरुष फुटवल, पुरुष तर्फको बास्केटवल, महिला तथा पुरुष तर्फको व्याडमिन्टन, महिला तर्फको भलिवल लगायतका इभेण्टमा खेलहरु हुने भएको छ । मंसिर २० गते शुक्रबार राखेपका सदस्य सचिब टंकलाल घिसिङबाट उक्त महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

त्यसै गरी बास्केटवल खेल संयोजक राजु कायस्थ, व्याडमिन्टन खेल संयोजक अर्जुन अधिकारी, टि.टि. खेल संयोजक शिवराज पौडेल, भलिवल संयोजक प्रकाशराज वाग्ले र मार्च पार्स संयोजक कमल बहादुर मल्लले आफ्नो तयारी तिव्र पारेको दाबी गरेका छन् ।
यो पनि पढनुहोस
https://pokharasports.com/2022/11/25/38547/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close