
पोखरा, भूतपूर्व खेलाडी मंच नेपालले गैर आवाशिय नेपाली संघ (एनआएनए) केन्द्रिय यूवा तथा खेलकुद संयोजक हिमाल गुरुङ र एनआरएनए हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) लाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै एनआरएनए यूवा तथा खेलकुद संयोजक हिमाल गुरुङले एनआरएनए लाई नेपाली खेलकुद संग जोडन आफूले पहल सुरू गरेको बताउँदै यसका लागि सबैको सल्लाह र सहयोगको अपेक्षा रहेको बताउँदै भने–‘अहिले एनआरएनएका साथीहरुले मलाई विश्वासका साथ निर्वाचित गराउनु भएको छ यसमा यहाँहरुको सहयोग महत्वपूर्ण रहने छ ।’

कार्यक्रममा बोल्दै एनआरएनए हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका)ले एनआरएनएलाई खेलकुदमा जोड्न यूवा र खेलकुद विभाग गठन भएकोले विश्वभर छरिएर रहेका यूवाहरुलाई एक ठाउँमा ल्याउन नयाँ अभियानको थालनी भएको बताइन । उनले आफू पोखराकी चेली समेत भएकोले यहाँको उत्तिकै मायाँ रहेको र आफू खेलाडी नभएपनि खेलकुद संगको सामिप्यतालाई संधै आत्मसाथ गर्दै सहयोग गरिरहेको बताइन ।
गत वर्ष मंचले आयोजना गरेको १३ संस्करणको औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा हङकङमा सहयोग रकम उठाउन आफूले सहकार्य गरेको स्मरण गर्र्दै अध्यक्ष गुरुङले भविष्यमा समेत मंचका गतिविधीहरुमा आफ्नो सहयोग जारी रहने प्रतिवद्धता समेत व्यक्त गरिन ।

स्मरिणय के छ भने गत संस्करणको पोखरा म्याराथनमा अध्यक्ष गुरुङले नगद एक लाख सहयोग गरेकी थिइन । गत संस्करणको म्याराथनमा हङकङ बाट नगद ५ लाख संहयोग मंचलाई प्राप्त भएको थियो ।

सो अवसरमा मंचका अध्यक्ष तेज गुरुङले सहयोगी मनहरुप्रती आभार प्रकट गर्दै पोखराको खेलकुद बिकासमा एनआरएनए हरुको सहयोग अतुलनिय रहेको बताए । सो अवसरमा उनले एनआरएनए हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका), उनकी आमा नन्दकला गुरुङ, एनआरएनए यूवा तथा खेलकुद संयोजक हिमाल गुरुङ, पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी शान्ती गुरुङ (हाल यूके) लाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
तस्बिरः सिजन मगर
