राष्ट्रिय खो खो प्रतियोगिता शुक्रबारबाट सुरु हुने

पोखरा स्पोर्टस । नेपाल खो खो संघको आयोजनामा छैटौं राष्ट्रिय पुरुष खो खो प्रतियोगिता शुक्रबारदेखि काठमाडौमा सुरु हुने भएको छ ।

प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश तथा नेपाल आर्मी र एपीएफ गरी ८ टिमको सहभागिता रहने आयोजक खो खो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक प्रदिप महर्जनले जनाएका छन् ।

सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । १३ औं दक्षिण एसियाली खेलकुदको खो खोमा पुरुष टिमले कांस्य जितेको थियो ।

तीनदिने प्रतियोगिताका खेलहरु कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा हुने छ । गत संस्करणको उपाधि आर्मीले जितेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close